अमेरिका- विश्वमा अहिलेसम्मकै सवैभन्दा ठुलो राशी भएको चिठ्ठा क्यालिफोर्नियाका एक जनालाई परेको छ ।
क्यालिफोर्निया लटरी कार्यालयका अधिकारीले क्यालिफोर्नियाको अल्टडिना स्थित जो सर्भिस सेन्टरवाट चिठ्ठा किन्नेले अहिलेसम्मकै सवैभन्दा ठुलो राशीको पावरबल जितेको जनाएका छन् । लटरी कार्यालयले पनि क्यालिफोर्नियामा विक्री भएको चिठ्ठामा सवै ६ नम्बर मिलेको उल्लेख गरेको छ ।
यो चिठ्ठाको रकम करिव २ अर्ब अमेरिकी डलर थियो । चिठ्ठाको रकम धेरै भएपछि विशेष सुरक्षा व्यवस्थाका साथ फ्लोरिडा राज्यमा यो खोलिएको थियो । सोमवार राती खोलिएको उक्त चिठ्ठाको नतिजा मंगलवार विहान मात्र सार्वजनिक गरिएको थियो । लटरी कर्मचारी, सुरक्षा अधिकारी र स्वतन्त्र व्यक्तिको रोहवरमा चिठ्ठा खोलिएको जनाईएको छ ।
मंगलवार दिउसो सम्म पनि उक्त चिठ्ठा परे नपरेकोमा अन्यौल थियो । पुरष्कार राशी ठुलो हुदैं गए पछि पावर बल किन्ने अत्याधिक वढेका थिए । त्यसैले केही चिठ्ठाको समायोजन गर्न परेको हुदां समयमा नतिजा सार्वजनिक नगरिएको लटरी कार्यालयले जनाएको थियो । किन यस्तो भयो भन्ने विवाद भने आउन थालेका छन् ।
सोमवार आएका नम्बरमा १०, ३३, ४१, ४७, ५६ र पावर बल १० छ । पावर बल र केही नम्बर आफुले किनेको चिठ्ठासंग मिलेमा पनि पैसा पाइन्छ । त्यसले किनेको चिठ्ठा केही नम्बर मिले नमिलेको राम्ररी हेरेर फाल्दा राम्रो हुन्छ ।
चिठ्ठाको राशी धेरै भए पछि नेपाली समुदायमा पनि चिठ्ठा किन्ने लहर चलेको थियो । २ डलर देखि ५ सय हजारसम्मको चिठ्ठा किन्ने नेपाली थिए । गणितको हरहिसाव अनुसार ३० करोडमा एक जनालाई चिठ्ठा पर्ने संभावना थियो ।







प्रतिक्रिया