अमेरिका- शनिवार राती खुल्ने पावरवल ज्याकपट (चिठ्ठा) संसारकै सवैभन्दा ठुलो पुरष्कार रकमको चिठ्ठा हुन पुगेको छ । कयौं साता देखि कसैलाई नपरेकाले शनिवार खुल्ने पावरबल ज्याकपटको पुरष्कार राशी १ अर्व ६० करोड डलर (करिव २ खर्ब नेपाली रुपैंया) पुगेको छ ।
क्यालिफोर्निया लटरीले टुईट गर्दै यो संसारको सवैभन्दा ठुलो राशीको चिठ्ठा हुनपुगेको जनाएको छ । यो गिनिजवुकका रेकर्ड राख्ने क्रममा छ । सन् २०१६ मा पावरवल ज्याकपटको राशी १ अर्ब ५८ करोड डलर पुगेको थियो ।
तर, चिठ्ठा पर्नेले सवै रकम भने पाउने छैनन । कर लगायतका शुल्क कटाउंदा यो चिठ्ठाको कुल राशी ७८ करोड २४ लाख डलर (करिव १ खर्ब नेपाली रुपैंया) हात पार्ने छन् । एक जना भन्दा बढीले जितेमा दामासाहीले पुरष्कार वाडिन्छ ।
शनिवार राती पुर्वी समय अनुसार १० बजेर ५६ मिनेटमा यो चिठ्ठा खुल्ने छ । १ देखि ६९ सम्मका पांच नम्बर र एउटा पावर बल १ देखि २६ सम्मका नम्बर हुन्छ । किनेको चिठ्ठामा यी ६ वटा नम्बर मिल्नेले यो ज्याकपट जित्ने छन् । अगस्ट ३ यता ४० पटक सम्म खुल्दा यो कसैलाई परेको थिएन । २ रुपैंया तिरेर यो चिठ्ठा किन्न सकिने छ । अमेरिकाका ४५ राज्यमा यो चिठ्ठा खेल्न पाइन्छ ।







प्रतिक्रिया