मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

देशलाई इमान र क्षमता भएका व्यक्ति चाहिएको छ, डा यादव पण्डित

देशलाई इमान र क्षमता भएका व्यक्ति चाहिएको छ, डा यादव पण्डित


शेयर गर्नुहोस:

3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- यो चुनाववाट देशका लागि कस्तो नेतृत्व आउनु पर्छ ? अमेरिकाको कलेजमा  भौतिकशास्त्र पठाउने डा यादव पण्डित भन्छन् इमान र क्षमता दुवैको संयोजन भएको नेतृत्व देशलाई चाहिएको छ ।
 
 हाल पेशागत रुपमा अमेरिकामा बसेर डा यादवले आफ्नो फेसबुकमा नेपाली कांग्रेसका उम्मेदवारको तस्विर राख्दै भोट मागिरहेका छन । उनले नेपाली कांग्रेसका गगन थापा देखि बिश्सप्रकाश शर्मा सम्म करिव दुई दर्जन कांग्रेसका उम्मेदवारलाई भोट दिन अनुरोध गरेका छन् ।
 
परम्परागत पार्टीहरु नेपाली कांग्रेस, एमाले, माओवादी भन्दा बाहिरवाट इमान र क्षमता भएका व्यक्तिले उम्मेदवारी दिएका छन् भने यस्तोलाई प्रथामिकता दिनु पर्छ म पनि यो पक्षमा छु डा यादवले भने परिवर्तनका नाममा झन खरावलाई भोट दिनु हुदैंन भन्ने मेरो मान्यता हो ।
 
मैले सवैका लागि भोट मागेको छैन म नेपाली कांग्रेसपार्टीसंग आवद्ध छु त्यस पार्टीका योग्यलाई मैले भोट मागेको हुं उनले भने । डा यादव २०५७  देखि २०५९ सम्म नेपाली कांग्रेससंग आवद्ध नेपाल विद्यार्थी संघका महामन्त्री थिए । उनले समय समयमा कांग्रेस पार्टीका नेतालाई सल्लाह सुझाव भने दिदैं आएको छन् ।
 
यस पटक चुनावमा २०४६ साल यता सत्तामा आएका राजनीतिक पार्टीले राम्रो काम नगरेको गुनासो व्यापक छ । चुनावी हावा राजनीतिक पार्टीको विपक्षमा चलिरहेको छ । डा यादव भन्छन् राजनीतिक पार्टीसंग चित्त वुझेन भनेर त्यस विपरित प्रतिकृया व्यक्त गर्दा झन खराव र असक्षम मान्छे पनि ल्याउनु हुदैंन । यसले समस्या अझ वढ्छ, घट्दैन ।
 
यो चुनावले देशको राजनीतिमा केही परिवर्तन ल्याउला ? ल्याउंदैन डा यादव भन्छन् यो नियमित खालको चुनाव भईरहेको छ । सत्तामा हुने र सत्तामा जान चाहनेहरुले आफुले हार्दा के के न हुन्छ भन्दै जिवन मरणको कुरा उठाएका छन यो त्यस्तो केही पनि होइन देशलाई परिवर्तन गर्न मेहिनेत गर्ने नेतृत्व चाहिन्छ विचार र क्षमता भएको व्यक्ति चाहिन्छ यो चुनावमा यस्तो मेहिनेत गर्ने मैले कोही पनि देखेको छैन ।
 
विगतमा सत्तामा गएका राजनीतिक पार्टीले आम जनताको चाहाना अनुसार काम गर्न सकेनन भन्ने आरोप ठिक हो, डा यादवले भने तर, यो चुनावमा हामीले उम्मेदवारवाटै तुलनात्मक रुपमा बढी इमान र क्षमता भएको व्यक्ति नै छान्ने हो मैले त्यसै अनुसार अनुरोध गरेको हुं । यो भन्दा अर्को विकल्प छैन ।
 
नेपालमा सवै राजनीतिक पार्टीको संस्थागत संरचना कम्युनिष्ट शैलीको भएकाले पनि पार्टी भित्रवाट आउनु पर्ने राम्रा व्यक्ति उम्मेदवार हुन नसकेको हो  डा यादवले वताए । हामीले चुनाव पछि पनि राजनीतिक पार्टीको संरचना प्रजातान्त्रिक वनाउन दबाव वनाईरहनु पर्छ उनले भने । 

Advertisement

शेयर गर्नुहोस:

3k
Shares