अमेरिका समाचार

पावरवल ज्याकपट ८०० मिलियन डलर माथि

पावरवल ज्याकपट ८०० मिलियन डलर माथि


शेयर गर्नुहोस:

4.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- बुधवार खोलिएको पावरबल ज्याकपटमा आएका नम्बर कसैसंग पनि नमिले पछि यो चिठठको कुल पुरष्कार राशी ८०० मिलियन (नेपाली झण्डै १ खर्ब रुपैंया) भन्दा माथि पुगेको छ । बुधवार उक्त चिठ्ठाको कुल मूल्य ७०० मिलियन थियो । 
 
यो रकम पावरबल चिठ्ठाको इतिहासमा दोस्रो सवैभन्दा वढी हो । 
 
तर, यो चिठ्ठा पर्नेले ८०० मिलियननै भने पाउंदैनन । यसको नगद मूल्य ३८ मिलियन ३७ लाख डलर (नेपाली रुपैंया करिव ५० अर्ब) हुन आउंछ । यो पनि निकै ठुलो रकम हो । जित्नेलाई कर कट्टा गरेर उक्त रकम दिइन्छ । 

अहिलेसम्म सवै भन्दा ठुलो पावरबल ज्याकपटको मूल्य १ अर्ब ५६ करोड अमेरिकी डलर पुगेको थियो । 
 
पावर बल चिठ्ठा दुई रुपैंयामा किन्न पाइन्छ । अतिनै भाग्यमानी हुनुहुन्छ भने यो पर्न पनि सक्छ । अहिले यो चिठ्ठा जित्ने ३० करोडमा एक संभावना छ । एक जना भन्दा वढीले जितेमा पुरष्कार रकम दामासाहीले बांडिन्छ । 
 
साताको तिनपटक खुल्ने पावर बल ज्याकपट कयौं साता देखि कसैलाई परेको थिएन । यही कारण यसको पुरष्कार राशी वढ्दै गएको हो । रकम बृद्धिसंगंै स्टोरहरुमा यो चिठ्ठा किन्नेहरु बढेका छन् । 

Advertisement

शेयर गर्नुहोस:

4.3k
Shares