मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

लगं आइलैंडमा बसोबास गर्ने नेपाली समुदाय स्टेट निर्वाचनमा सक्रियता

लगं आइलैंडमा बसोबास गर्ने नेपाली समुदाय स्टेट निर्वाचनमा सक्रियता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगं आइलैंड(अमेरिका)– आउदै गरेको स्टेटको निर्वाचनको लागि लगं आइलैंड न्यू योर्कमा बसोबास गर्ने नेपाली समुदाय निर्वाचनमा सक्रियता पूर्वक लागेका छन् । लग आइलैंड मा बसोबास गर्ने नेपालीहरू स्थानीय डिस्ट्रिक्ट १५ का असेम्बली का रिपब्लिकन पार्टीका उम्मीदवार jake Blumencranz लाइ जिताउन आब्हान गर्दै एक कार्यक्रम बिच ती उम्मीदवार लाइ स्वागत  ,अभिनन्दन र इन्डोर्स समेत गरेका छन् । 
 
नेपाली कांग्रेसका पूर्व महासमिती सदस्य, समाजसेवी, एन आर एन अमेरिका का सल्लाहाकार वेद प्रसाद खरेलको अगुवाईमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालीहरूको चार्ड तिहारको अवसरमा देउसी भैलो कार्यक्रममा समेत ती उम्मीदवार नाचेका थिए । 
 
कार्यक्रममा नेपाली टोपी लगाएर  जेकलाइ वेद प्रसाद खरेल ले स्वागत गर्नु भएको थियो । एनआरएनए अमेरिकाका बोर्ड अफ डायरेक्टर बिश्व बास्तोला, समता गोलोवल सिनेटका बरिष्ट उप सभापति टिका ढकाल,लगं आइलैंड नेपाली समाजका अध्यक्ष वसन्त चापागाइ, लगं आइलैंड नेपाली समाजका महासचिव बावुराम शर्मा, समाजसेवी यादव बास्तोला , समाजसेवी शंकर भण्डारी, समाजसेवी एक राज गौतम, समाजसेवी केदार कट्टेल, समाजसेवी नरेन्द्र सुवेदी,युवाको तर्फ बाट विकाश खरेल, सुनीता खनाल पौडेल ले नेपाली समुदायको अवस्था र असेम्बलीमा जितें पछि नेपाली समुदाय लाइ गर्नु पर्ने कामहरूको ब्याख्या गर्दै स्वागत गर्नु भएको थियो । 
लग आइलैंड मा यसरी पहिलो पटक नेपाली समुदाय सक्रिय र संगठित भएर स्थानीय चुनावमा लागेको पहिलो पटक हो । 
 
हामी अव यहाँको मुलघारको राजनीति र सरकारी निकायमा पहुँच बनाउने तर्फ लागेका छौ  आइलैंड नेपाली समाजका महासचिव बावुराम शर्मा ले भने हामी जव यही बस्ने भए पछि हाम्रो पहुँच स्थानीय सरकार , राज्य सरकार र त्यसका अंग हुनु पर्यो । नेपाली नेपाली बिच मात्र संस्थालाइ चलाएर , कर्मकाण्डी पारामा नेपाली नेपाली बिच दाँत बजाएर नेपाली समुदायको उन्नति प्रगति नहुने भन्दै खरेलले भने जव सम्म यहाँ को सरकारी स्तर मा हाम्रो पहुँच हुन्न तव सम्म हामी नेपाली को स्तरोन्तरी हुदैन। 
 
सरकारी निकाय बाट पाउने सुविधा पाइदैन र यो देशको मुलघारमा हाम्रो पहुँच पुग्दैन भने हामी सधै पछाडी परिन्छ । मैले नेपाली समुदाय लाइ यहाँको मुलघारको राजनीति र सरकारी अंग संग जोडेर हामी र हाम्रा पुस्ता ले यहाँ केही गर्ने बातावरण मात्र बनाउन पहल गरेको उनले बताए। 
किन त रिपब्लिकन लाइ भन्ने प्रस्नको उत्तरमा खरेल भन्छन स्थानीय स्तरमा नेपालि समुदायको स्थानीय मुद्दा लाइ सहयोग र समर्थन गर्ने लाइ सहयोग गरियो भने पो उनिहरू बाट हाम्रो समुदाय लाइ सहयोग हुन्छ । जेक नेपाली समुदाय चिन्छन्, हाम्रा आवस्यकताहरू बारे जानकार छन् र हामी सग सहकार्य गरेर अगाड़ी बड्न पंक्तिबद्ध छन् ।यो अवस्था हामी लाइ बुझेको , चिनेको र हामीले पनि जानेको मानिस नै उम्मीदवार भए पछि र सहयोग माग्न आए पछि चिन्दै न चिनेका, हाम्रो समुदाय संग पहिचान न भएको उम्मीदवार कता खोज्न जानु ? आम लगं आइलैंड वासी नेपालीको हितका लागि यस पटक चिन्दै नचिनेका हाम्रा लाइ भन्दा नेपाली र यो समुदाय चिनेका राम्रा  jake Blumencranz लाइ समर्थन गरियो ।

jake Blumencranz for Assembly जिताउ सहयोग अभियान युवा समिती को संयोजकमा बिशाल रेग्मी, पारस खरेल, शुमन बास्तोला, सुनीता खनाल पौडेल, प्रकृति पौडेल लगाएत संलग्न थिय I