अमेरिका- केही महिना अघि १ लाख ३८ हजार डलर पुगेको थियो ,अहिले घटेर ४६ हजारमा आईपुगेको छ, शेयरमा म बर्वाद भएं । चर्चित अनलाइन शेयर ब्रोकर रविनहुडमा रहेको एकाउण्ट देखाउंदै एक नेपालीले आफ्नो दुख्ख यसरी सुनाए ।
कोभिड १९ शुरु भएयता अमेरिकामा शेयर र क्रिप्टो करेन्सीमा लगानी गर्ने नेपालीको संख्या ह्वात्तै वढेको थियो । त्यसवेला किनेको शेयर बढ्दै गएपछि धेरै नेपाली मख्ख थिए । आफ्ना निकटलाई पनि शेयरमा लगानी गर्न सकिए । सानो देखि ठुलो पुंजीसम्म लगानी गर्ने देखिए ।
केही साता यता अमेरिकाको शेयर बजार तल झरेको छ । जसले बढेको बेला शेयर विक्री गरेनन् उनीहरुको शेयरमा लगानी भएको सम्पत्ति अहिले घटेको छ । यसैले यस्तो गुनासो गर्नेहरु धेरै छन् । क्रिप्टो करेन्सीको अवस्था पनि यस्तै छ । ७० सेन्ट पुगेको डजक्वाइन ६ सेन्टमा झरेको छ । सिवुइन बढेको होइन घटेको घट्यै छ । धेरैले यो हेर्न पनि छाडेका छन् ।
अमेरिकामा दैनिक शेयर कारोवार र बजार विश्लेषण गर्ने ओजेस उप्रेती भन्छन् शेयर बजारवाट नाफा लिन किन्ने मात्र होइन बढेका बेला विक्री पनि गर्न सक्नु पर्छ । बढेको बेला लोभी भई अझ वढ्ला भनेर विक्री नगर्दा बजार अहिले घटेकाले शेयरमा लगाएको सम्पत्ति कम भएको हो ।
यसका लागि शेयरमा लगानी गर्नेले पहिले ग्रोथ र भ्यालु स्टकका वारेमा सामान्य वुझ्नु पर्छ ओजेस भन्छन् मजबुत आधार विना छिटो वढेका शेयरलाई ग्रोथ स्टक भनिन्छ । नियो, टिएलवाईआर (शेयर कोड) भएका कम्पनी ग्रोथ स्टक हुन । ह्वात्त वढे, अहिले घटेको छ । एप्पल, बोईगं जस्ता कम्पनीको मूल्य भने घट्दा पनि कम दरले तल झरेको छ ।
सस्तो भनेर ग्रोथ स्टकमा हाल्नेको सम्पत्ति अहिले घटेको छ, ओजेसले भने । भ्यालु स्टकको घट्ने दर भने कम छ ।
ग्रोथ स्टक वढेको बेला विक्री गर्न सक्नु पर्छ । तव मात्र नाफा लिन सकिन्छ ।
अमेरिकाको शेयर बजार तल झर्दा चर्चित लगानीकर्ता वारेन वुफेटलाई पनि नोक्सान भयो । तर, उनको सम्पत्ति जम्मा ६ प्रतिशतले मात्र झर्यो अर्थात कम भयो । उनी प्राय भ्यालु स्टकमा लगानी गर्छन । एम्पल, कोकाकोला जस्ता कम्पनीका शेयर उनीसंग छ । यस्ता कम्पनीको शेयरमा उतार चढाव कम आउंछ ।
चीनमा इलेक्ट्रिक गाडी वनाउने नियो कम्पनीको शेयर एकाएक उच्चदरले वढेको थियो । दुई बर्ष अघि नियोको प्रति शेयर ४ डलर थियो यो बढेर ६० डलर भन्दा माथि पुग्यो अहिले फेरी घटेर २० डलरमा झरेको छ । तर, एप्पल वा टेस्ला कम्पनीको शेयरमा भने यस्तो उतार चढाव छैन ।
अहिलेको बजारले नेपालीलाई केही पाठ सिकाएको छ । पहिलो पाठ हो शेयर किनेपछि नाफा लिन विक्री पनि गर्न सक्नु पर्छ । दोस्रो सधै वढ्छ भन्दै वढी उत्साहित भएर शेयर बजारमा लगानी गर्नु हुदैंन शेयर बजारमा खेल्दा इमोसन नियन्त्रण पनि गर्न सक्नु पर्छ ।
वास्तवमा किनेको शेयर विक्री नगर्दा सम्म नाफा नोक्सान भन्ने नै हुदैंन ओजेस भन्छन् त्यसैले धेरै नेपालीले लगानी गरेको शेयरको मूल्य घटेको हो तर, नाफा नोक्सान यतिनै भयो भन्ने छैन । शेयर विक्री नगरी यो आउंदैन । नाफा नोक्सान के भयो भन्ने नै थाहा हुने कुरा भएन ।
अहिलेको अवसथामा अव के गर्ने त ? आजेसको सुझाव छ, यदी ब्रोकर कम्पनीसंग ऋण लिएर किन्ने मार्जिन लेण्डिगं छैन भने चुप लागेर पर्खिने अहिले उत्तम विकल्प हो । जव शेयर बजार बढेर नाफा हुन थाल्छ, त्यसवेला विक्री गर्न सकिन्छ ।
कहिले देखि शेयर मूल्य वढ्छ । यो भने अन्यौल छ । अमेरिकाको अर्थतन्त्रमा मन्दीको हल्ला चलेको छ । उपभोग्य वस्तुको मूल्य बृद्धि उच्च छ । तेलको मूल्य घटेको छैन । बैंक ब्याजदर बढेको वढ्यै छ । अमेरिकी डलर विश्वका अन्य मुद्राको तुलनामा महंगो हुदैं गएको छ । घरको मूल्यमा गिरावट आउन थालेका छ । यस्ता संकेतले अर्थतन्त्रमा अन्यौलता थपिएका छन् ।
अहिलेको अन्यौलतामा नगद छ भने बचत गरेर जोगाउनुनै सवैभन्दा उत्तम हो ओजेस भन्छन् अमेरिकामा धेरै जानकारहरुले भने जस्तै आर्थिक मन्दी आयो भने शेयर वा घरजग्गा सस्तोमा पाइन्छ त्यस वेला लगानी गर्दा वढी फाइदा लिन सकिन्छ ।
अहिलेको अवस्थामा ऋण बढाउने काम गर्न नहुने ओजेसको सुझाव छ , जे पनि महंगो छ खर्च होइन बचत गर्दा राम्रो हुन्छ ।











प्रतिक्रिया