अमेरिका समाचार

अमेरिकाको युलेस सिटीमा कुकुर पुजा (भिडियो सहित)

अमेरिकाको युलेस सिटीमा कुकुर पुजा (भिडियो सहित)


शेयर गर्नुहोस:

8.5k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- नेपाल समुदायले मनाउँदै आएको कुकुर तिहारका सन्दर्भमा टेक्ससको युलेस सिटीमा पनि कुकुर पुजा गरिएको छ ।

त्यस अवसरमा एनिमल सेल्टर युलेसमा रहेका कुकुरलाई पुजा गरिनुका साथै खानेकुरा समेत दिइएको छ । 

Advertisement
कार्यक्रममा युलेस सिटीकी मेयर लिण्डा मार्टिन, सिटी मेनेजर लोरेटा, सिटी डेपुटी मेनेजर क्रिस,  पब्लिक वर्क अफिसर जो, युलेस सिटी काउन्सिल मेम्बर टीका पाैडेल लगायत पदाधिकारी र एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राम सी पोखरेल लगाएत उल्लेख्य रूपमा नेपाली समुदायको सहभागिता थियो । उक्त पुजाको उद्घाटन सिटी मेयर लिण्डा मार्टिनले गर्दै कुकुरहरूलाइ माला लगाइदिएकी थिइन् । 

युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले  एनिमल सेल्टर युलेसलाई  ६ सय एक अमेरिकी डलर सहयोग पनि हस्तान्तरण गरेका थिए । युलेस सिटी नेपालीको ठुलो जनसंख्या रहेको स्थान हो ।  डीएफडब्लू अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलेस सिटीमा करिब दश हजार नेपालीको बसोवास रहेको अनुमान छ ।

युलेस सिटीमा हरेक वर्ष कुकुर तिहारको दिन पूजा गर्नुका साथै नेपाली समुदायले एनिमल सेल्टरलाइ सहयोग हस्तान्तरण गर्दै अाएका छन् । 

शेयर गर्नुहोस:

8.5k
Shares