मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको युलेस सिटीमा कुकुर पुजा (भिडियो सहित)

अमेरिकाको युलेस सिटीमा कुकुर पुजा (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- नेपाल समुदायले मनाउँदै आएको कुकुर तिहारका सन्दर्भमा टेक्ससको युलेस सिटीमा पनि कुकुर पुजा गरिएको छ ।

त्यस अवसरमा एनिमल सेल्टर युलेसमा रहेका कुकुरलाई पुजा गरिनुका साथै खानेकुरा समेत दिइएको छ । 

कार्यक्रममा युलेस सिटीकी मेयर लिण्डा मार्टिन, सिटी मेनेजर लोरेटा, सिटी डेपुटी मेनेजर क्रिस,  पब्लिक वर्क अफिसर जो, युलेस सिटी काउन्सिल मेम्बर टीका पाैडेल लगायत पदाधिकारी र एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राम सी पोखरेल लगाएत उल्लेख्य रूपमा नेपाली समुदायको सहभागिता थियो । उक्त पुजाको उद्घाटन सिटी मेयर लिण्डा मार्टिनले गर्दै कुकुरहरूलाइ माला लगाइदिएकी थिइन् । 

युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले  एनिमल सेल्टर युलेसलाई  ६ सय एक अमेरिकी डलर सहयोग पनि हस्तान्तरण गरेका थिए । युलेस सिटी नेपालीको ठुलो जनसंख्या रहेको स्थान हो ।  डीएफडब्लू अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलेस सिटीमा करिब दश हजार नेपालीको बसोवास रहेको अनुमान छ ।

युलेस सिटीमा हरेक वर्ष कुकुर तिहारको दिन पूजा गर्नुका साथै नेपाली समुदायले एनिमल सेल्टरलाइ सहयोग हस्तान्तरण गर्दै अाएका छन् ।