मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राष्ट्रीय कलाकारहरूको सहभागितामा लवक दशैतिहार धमाका सम्पन्न

राष्ट्रीय कलाकारहरूको सहभागितामा लवक दशैतिहार धमाका सम्पन्न


शेयर गर्नुहोस:

999
Shares

  • change font
  • change font
  • change font

लवक (टेक्सास)- कार्यक्रममा उनी आउने सूचना दर्शकले पाएपनि उनीसँगको भेट स्टेजमा उक्लेपछी भयो । स्टेजमा उक्लन्जेल पनि उनलाई धेरैले चिनेनन् । तर जव “निश्छल छ तिम्रो माया” भन्दै  उही आवाज गुन्जिन थाल्यो छनभरमै  उनलाई विर्सेकाहरूले चिने । उनका गीत सुनेका तर उनलाई विर्सिसकेका दर्शकहरू उनको समिप गए र झुम्न थाले । एकै नज़रमा, भेडाको उन जस्तो लगायतका उनका गीतहरू सुनेर उनीहरूले गायकप्रतिको सामिप्पेता ताजा वनाए र धित मरून्जेल नाचिरहे । पछिल्लो समय अमेरिकामा रहेका गायक भट्टराई कार्यक्रमहरूमा विरलै देखिन्छन् । उनलाई धेरै कार्यक्रममा देखिने सोख छैन रे । त्यसो त गीत संगीतप्रतिको उनको प्रेम अझै पनि कम छैन र नयॉ गीतहरू गाईरहेको दावी गर्छन् ।  
 
यस्तै धेरैले चिनेका र भेट्न नपाएको अर्का लोकप्रिय गायक यम बराल स्टेजमा चढेर बादलुको घुम्टोले भन्दै गीत शुरू गरेपछी दर्शकहरू उनको नजिक पुगे र रमाएर नाचे । पछिल्लो समयमा नेपाल फर्केका गायक बराल अमेरिकाको भ्रमणमा रहेको वेला लवकमा लवकमा दर्शकहरूले उनका गीतहरू सुनेर निकै मनोरन्जन लिए । 
कार्यक्रममा अर्का गायक सुरेन गौतमले रेसमी पर्दाले लगायतका गीतहरू गाएर स्टेज तताए । उनले हिन्दी भाषाको गीत गाएर कार्यक्रममा उपस्थित भारतीय मूलका दर्शकहरूलाई  थप मनोरन्जन गराए  । त्यसैगरि माया किन लाग्छ बरै र म त सानी छु कि वाल गायिका लोकश्री आचार्यले अंग्रेजी भाषाको गीतसँगै नेपालप्रतिको पछिल्लो पुस्ताको आवाजलाई वुलन्द गर्दै गायिका आस्था राउतले गाएको चौवन्दीमा पटुकी गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारिन । 
 
अमेरिकाको भ्रमणमा रहेकी चर्चित कार्यक्रम सन्चालिका कलाकार रिमा विश्वकर्माको उपस्थितिले कार्यक्रमको छुट्टै रौनक बढाएको  थियो । कार्यक्रम सन्चालनको भूमिकाको साथै नृत्य प्रस्तुत गरेर उनले दर्शकलाई भरपूर मनोरन्जन गराएकी थिईन । तिहारको पूर्वसन्ध्यामा आयोजित लवक दशैतिहार धमाका कार्यक्रममा उनले केही दर्शकहरूलाई जुटाएर देउसी खेलाएर थप मनोरन्जन गराईन । कार्यक्रमको सन्चालनमा पत्रकार ग्लोबलटकका प्रस्तोता पत्रकार भोला आचार्यले सहयोग गरेका थिए । 
 
रास्ट्रिय कलाकारहरूको साथमा यहॉस्थित एक ला कोईन्ता ईन एण्ड सुईट नामक होटेलमा आयोजना गरिएको यस कार्यक्रममा डिजे संगीतको संयोजन न्यूयार्क निवासी सुर्य खड्काले गरेका थिए । नेपाली चलचित्र व्यवसायमा महत्वपूर्ण योगदान दिईरहेका निर्देशक एवं निर्माता एम के पौडेलको उपस्थितले कार्यक्रमको स्वभा बढाएको थियो । उनले आफ्नो चलचित्र तिम्रो मेरो साथ छिट्टै बजारमा आउन लागेको जानकारी गराएका थिए । 
 
मनोरन्जनका साथै प्रवासमा रहेपनि  गीतसंगीतको माध्यमबाट नेपाली कलासंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । लवक नेपाली समुदायको तर्फबाट गरिएको निम्तालाई स्वीकारेर मनोरन्जन प्रदान गरेकोमा कलाकारहरूलाई विशेष धन्यवाद् दिदै समुदायको सहभागिताप्रति आभार प्रकट गरे । २-३ सय नेपालीहरू वसोवास गर्ने लवक शहरमा आयोजित कार्यक्रमहरूमा राष्ट्रीय कलाकारहरू विरलै देख्न पाईन्छ । मौकाले  जुराएको रास्ट्रिय कलाकारहरूको सहभागिता रहेको यसपटकको कार्यक्रममा यहॉका नेपालीहरूको वाक्लै उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस:

999
Shares