मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको सेरडिन सिटीमा कुकुर पुजा (भिडियो सहित)

अमेरिकाको सेरडिन सिटीमा कुकुर पुजा (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- रक्की माउण्टेन पर्वतमाला भएको कोलोराडोको पनि उत्तरमा पेर्न वेयमिगं अमेरिकाको पनि पहाडी र जनसंख्याको दृष्टिले सानो राज्य हो । यो नेपालको कर्णाली जस्तै क्षेत्र हो । त्यहांको पनि सानो शहर सेरडिनमा आइतवार  रमाइलो गरी कुकुर पुजा गरेर कुकुर तिहार मनाईयो । नेपाली व्यवसायी वासुदेव घिमिरेको अग्रसरतामा त्यहां लिटिल किचन रेष्टुरेण्टमा कुकुर पुजा गरेर कुकुर तिहार मनाईएको हो ।

उक्त पुजाको उद्घाटन सेरडिन सिटीका मेयरले कुकुरलाई नेपाली परम्परा अनुसार टिका माला लगाएका थिए । त्यस पछि स्थानियले ल्याएका कुकुरलाई पुजा गरिएको थियो । उक्त पुजावाट उठेको स्थानिय रकम डग एण्ड क्याट सेल्टरलाई प्रदान गरिएको थियो ।

उक्त अवसरमा करिव ६० वटा कुकुर पुजा गरिएको घिमिरेले जानकारी दिए । लिटिल किचनले कुकुरका लागि खाना र पुुजाका अन्य सामाग्रीहरु उपलव्ध गराएको थियो । स्थानिय पत्रिकामा यसको राम्रो प्रचार प्रसार गरिएको थियो । मौसमको प्रतिकुलता नभएको भए अझ वढीको सहभागिता हुने थियो घिमिरेले भने यो कुकुर तिहार राम्रो निकै मौलिक परम्परा हो र यसलाई यो सानो सहरमा पनि धेरैले मनपराए । यससगंै स्थानियले नेपाल चिन्ने मौका पनि पाए ।

लिटिल किचनले सेरडिनमा मनाएको यो दोस्रो कुकुर तिहार हो । सेरडिनमा नेपालीको लगानी रहेका केही व्यवसाय छन् । अमेरिकाको चर्चित राष्ट्रिय निकुञ्ज एलोस्टोन जाने सडक मार्गमा पर्ने भएकाले सेरडिन  गर्मी मौसममा व्यस्त रहन्छ ।