अमेरिका- क्यालिफोर्निया सनफ्रान्सिस्को र यस वरपर वे एरियामा राइड सेवा ऊवर चलाउने विमल थापा मगर माथि यात्रु वनेर आएका मध्ये एकले लुटपाट गरे । मिल्ने जति लुटेपछि उनकै कार लिएर भागे यो घटना कसरी भयो, विमलले स्थानिय मिडियामा यसको बेलिविस्तार सुनाएका छन् ।
स्थानिय एवीसी न्यूज ७ डटकमका अनुसार अक्टोबर १ को सांझ करिव ८ बजेतिर करिव साढे एक माइलको दुरीका यात्रुलाई सेवा दिन उनी तयार भए । भनिएको स्थानमा पुगेर २ जना यात्रुलाई चढाए । यहांसम्म सवै ठिकै थियो । जव तोकिएको स्थानमा यात्रुलाई पुगे तर, उनीहरु झर्न मानेनन् ।
ती यात्रुले विमललाई तपाई कहांवाट आएको भन्ने प्रश्न गरे । नेपाल उनले संक्षिप्त उत्तर दिए । त्यसपछि ती यात्रु उत्तेजित हुदैं ह्याण्ड सेनिटाइजर मागे ।
त्यसपछि यात्रु मध्ये एकजनाले विमलको टाउकोमा बन्दुक राखे । अर्काले विमलसंग भएको पर्स, चावी र अन्य जवरजस्ती लिए । त्यसपछि उनीहरुले विमललाई भुईंमा सुत्न लगाए । अनि विमलकै कार लिएर उनीहरु भागे ।
एबीसी न्यूजले यो समाचारलाई वोकल्याण्ड प्रहरीले पुष्टि गरेको जनाएको छ । ऊवर ड्राइभर विमललाई लुटपाट भएको र लुटेरा उनकै कार लिएर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
यो लुटपाट पछि विमल काममा फर्किन सकेका छैनन । वोकल्याण्ड प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । विमलका अनुसार प्रहरीले उनको होण्डा सेडन गाडीभने घटना भएको एक दिन पछि फेला पार्यो । ऊवरले पनि यो घटना जानकारीमा आएको वताउंदै मेडिकल लगायत अन्य केही सामान्य सहयोग गर्न सक्ने जनाएको छ ।
विमलले भने यो घटनाले अहिलेपनि मनमा त्रास भईरहेको र काममा फर्किन नसकेको मिडियालाई वताएका छन् ।
प्रतिक्रिया