अमेरिका- अमेरिकामा बैंक तथा वित्तिय संस्थावाट ऋणमा तिर्नु पर्ने ब्याज मोर्गेज रेट अझ महंगो भएको छ । गत साता केही सूस्तापनि अहिले यो बृद्धि भई करिव ७ प्रतिशत छोएको छ ।
मोर्गेज रेट ७ प्रतिशत पुग्दा घर किन्न चाहनेलाई अझ कठिन वनाउने छ । अमेरिकामा उच्च मूल्य बृद्धिदर केही महिना यता घट्न नसकेकाले मोर्गेज रेट तल झर्ने संभावना कम देखिन्छ । यसले गर्दा घर किन्न चाहनेलाई केही समय अझ कठिन हुने छ ।
अहिले घरको मूल्य अकासिएको छ । ब्याजदर वढ्दै जांदा यो केही मथ्थर भएपनि अझ मध्यम आम्दानी हुने वर्गका लागि घरको मूल्य थाम्न सक्ने क्षमता भन्दा माथि नै छ ।
एक वर्ष अघि घर किन्दा पाइने मोर्गेज रेट करिव ३ प्रतिशत थियो । अहिले यो ७ प्रतिशत पुगेको छ । घर जग्गा सम्वनिध वेभसाइट रियाल्टर डट कमका अनुसार गत जनवरीमा ७१ हजार बार्षिक आम्दानी हुने परिवारले २० प्रतिशत सम्म डाउन पेमेण्ट गर्दा ४ लाख ४८ हजार ७०० डलर सम्मको घर किन्न सक्थे । यो साता त्यही आम्दानी हुनेले जम्मा ३ लाख ३९ हजार २०० सय डलर सम्मको घर किन्न सक्छन् । महिनावारी तिर्नु पर्ने मोर्गेज वढेकाले यस्तो भएको हो ।
एक बर्ष अघि २० प्रतिशत डाउन पेमेण्ट गर्दा ३ लाख ९० हजार डलरको घर किन्दा करिव ३ प्रतिशत व्याजदरका हिसावले महिनाको १ हजार ३२४ डलर तिरे पुग्थ्यो । अहिले मासिक ब्याज र किस्ता गरेर २ हजार ५९ डलर तिर्नु पर्ने हुन्छ । यो ७३५ डलरले वढी हो ।
मोर्गेज रेट वढ्दा घर किन्नेलाई मात्र होइन विक्री गर्न खोज्नेलाई पनि अप्ठ्यारो परेको छ । पहिले जस्तो छिटो छिटो बजारमा राख्ने वित्तिकै घर बिक्री हुन छाडेको छ । पहिले घरको मूल्य तातेको स्थानमा पनि अहिले किन्ने कम हुदां मूल्य केही मथ्थर हुन थालेको छ । तर, घर किन्न खोज्नेहरु अझ घट्ला भनेर पर्खिएका छन् ।
घरको किस्ता मात्र होइन दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिदर पनि उच्च छ । यो बढ्ने क्रम नरोकिएको तथ्यांकले देखाएको छ । अमेरिकामा अहिले आर्थिक मन्दीको त्रासले छाडेको छैन । ६ देखि ९ महिना भित्र ठुलो आर्थिक मन्दी आउन सक्ने वित्त विश्लेषकहरुले दावी गरेका छन् ।
![](/storage/photos/1/10 ten photoes 2020/ad-business.jpg)
प्रतिक्रिया