ड्यालस् – ड्यालस् क्रिकेट क्लबद्वारा आयोजित दोस्रो दशैं कप क्रिकेट प्रतियोगिताको उपाधि एन-डि-सी-सी स्ट्राइकरले जितेको छ ।
उक्त प्रतियोगिता अमेरिकाको ड्यालस् शहरमा यही सेप्टेम्बर २४ र २५ गते गरी २ दिन आयोजन गरिएको थियो, जस्मा तीन टिमहरु सहभागी थिए । राउन्ड रोबिनको आधारमा आयोजित सो प्रतियोगितमा समूह चरणका खेलहरु पन्ध्र ओवर र फाइनल खेल बीस ओवरको खेलाइएको थियो ।

प्रतियोगितको पहिलो खेलमा एन-डि-सी-सी स्ट्राइकले एन-डि-सी-सी रेड-डेविल्सलाई ३ रनले जित्न सफल भयो जस्मा स्ट्राइकरले दिएको १२८ रनको लक्ष्य पछ्याउन रेड डेविल्स असफल रह्यो । उक्त खेलमा स्ट्राइकरका अभिजित तुम्बाहाङ्फे ले ३६ रन र ४ विकेट लिदै म्यान अफ् द म्याच हुन सफल भए । रेड-डेविल्सका अमित पौड्यालले अर्ध- सतकिय पारि खेले पनि त्यो जितका लागि काफी भने भएन ।
दोस्रो खेलमा पनि एन-डि-सी-सी स्ट्राइकरले एन-डि-सी-सी सुपरकिंग्सलाई १३ रनले जित्न सफल भयो जस्मा स्ट्राइकरले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिंग्स १५८ रनमा सिमित रहन पुग्यो । उक्त खेलमा स्ट्राइकरका लोकेश झाले ३६ बलमा १०२ रन बनाउदै म्यान अफ् द म्याचको उपाधि हासिल गरे । उक्त सतकिय पारिमा उनले ८ चौका र १० छक्का प्रहार गरेका थिए । आफ्ना दुबै खेल जितेर स्ट्राइकर फाइनल प्रबेश गर्यो ।
एन-डि-सी-सी रेड-डेविल्स र एन-डि-सी-सी सुपरकिंग्स बिच भएको तेस्रो खेलमा रेड डेविल्सले ६ विकेटको जित हासिल गर्यो जस्मा रेड डेविल्सका कप्तान अमित पौड्यालले ३९ रन र २ विकेट लिदै म्यान अफ् द म्याच भए । यो जित सङगै रेड डेविल्स फाइनल प्रबेश गर्यो ।

फाइनल खेलमा पहिले ब्याटिङ गरेर स्ट्राइकर ले रेड-डेविल्सलाई २२८ को लक्ष्य दिएको थियो जस्मा स्ट्राइकरका राजन आचार्यले ९८ रन को पारी खेल्दै म्यान अफ् द म्याच भए । लक्ष्य पछ्याउने क्रममा रेड-डेविल्सका निलेश श्रेष्ठले ७८ को पारी खेले पनि त्यो जितका लागि भने काफी भएन र टिम १८९ रनमा सिमित रहन पुग्यो ।

उक्त प्रतियोगितामा ३ म्याचमा १६५ रन बनएका स्ट्राइकर का लोकेश झाले शृङ्खलाकै उत्कृष्ट खेलाडी सङसगै उत्कृष्ट ब्याट्सम्यान र धेरै छक्का को उपाधि पनि जित्न सफल भए । यसै गरी स्ट्राइकरकै अभिजित तुम्बाहाङ्फे ३ म्याचमा १० विकेट लिदै उत्कृष्ट बलरको उपाधि जिते भने रेड-डेविल्स का सर्वेप्रीत सिंह ले उत्कृष्ट क्याच को उपाधि जिते ।

प्रतिक्रिया