मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससको राजधानी अस्टिनमा देउसुरे कप आयोजना हुँदै

टेक्ससको राजधानी अस्टिनमा देउसुरे कप आयोजना हुँदै

शेयर गर्नुहोस:

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्टिन टेक्सास | आउदै गरेको नेपालीहरुको महान् चाड बडा दशैँ  तथा शुभ दीपावलीको अवसर पारेर अस्टिनमा रहेका नेपालीहरुको फुटबल क्लब मेट्रो एफसी र अस्टिन नेपाली युथले फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  
 
आउँदो अक्टोबर आठ र नौँ तारिकमा हुने प्रतियोगितामा बिभिन्न राज्यबाट खेलाडीहरुले आफ्नो टिम दर्ता गराउन सक्ने छन् । टिम दर्ता गराउन पाँच सय डलर शुल्क तिर्नुपर्ने छ भने प्रतियोगिता जित्ने टोलिले पाँच हजार डलर हात पार्नेछन् ।  
 
यो प्रतियोगिता नाफामुलक भन्दा पनि बिभिन्न राज्यमा छरिएर रहेका फुटबल प्रेमी युवाहरुको जमघट र नजिकिँदै गरेको माहन् पर्व बडा दशैँको स्वागतको रुपमा आयोजना गर्न  लागिएको मेट्रो एफसिका अध्यक्ष सुजन श्री पोखरेलले हीमालयखबरलाई बताए । प्रतियोगिता जर्जटाउन र म्यनोर सक्कर फिल्डमा हुने र दर्शकहरुका लागि फ्री ईन्ट्रि साथै फुड स्टलहरुको पनि ब्यवस्था गरिने आयोजकहरु मध्यका एक रिचर्ड ढकालले बताए ।