नेपाल

एघार दिनदेखि बीसौँ पटक अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

प्रकाशित |
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका छन् । 
 
उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 
डा केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । 
 
स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गरेका डा केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया