मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो


काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका–५ का राजिवकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 
 
मण्डलसहित दुई जनाले अघिल्लो वर्षको भदौ २६ गते ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तरबार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको घटनाका आरोपीलाई दोहामा पक्राउ गरी आज नेपाल ल्याइएको हो ।
 
उक्त घटनामा मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा इन्टरपोलद्वारा यही भदौ १४ गते रेड नोटिस जारी भएको थियो ।
 
इन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा पक्राउ गरी नेपाल पठाइएका उनलाई आज प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि धनुषा प्रहरीलाई बुझाएको छ ।  
 
प्रहरी भन्दै लुटपाट गर्ने तीन पक्राउ
 
प्रहरी भन्दै रु ३० लाख २३ हजार लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भइ काठमाडौँ कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका–१ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीय मीनबहादुर तितुङ रहेका छन् । 
 
यही २२ गते काठमाडौँ ठमेलस्थित ओरियन्टल मनी एक्सचेञ्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक तीन वटा मोटरसाइकलमा आएका पाँच जना अपरिचित व्यक्तिले प्रहरी भन्दै पीडितलाई जबर्जस्ती मोटरसाइकलमा राखी डल्लु पु¥याएर लुटपाट गरेका प्रहरीले जनाएको छ । 
 
घटनाको अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित बुधबार काठमाडौँ कपनबाट पक्राउ गरको हो । 
 
घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका, चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
 
अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ  
 
यता सामाजिक सञ्जाल फेसबुकको पेज दुरुपयोग गरी अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 
 
चौधरीले उक्त पेजको दुरुपयोग गरी आइफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य ९एक लाख १५ हजार० रुपैयाँ पर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको पाइएको छ । 
 
घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो । उनलाई ठगी कसुरमा आवश्यक कारवाही एवं अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
   
अवैध लागुऔषधसहित पक्राउ      
 
उता चन्द्रागिरि नगरपालिका–६ थानकोटबाट तीन किलोग्राम अवैध लागुऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ र दुई सय २० ट्याब्लेट नियन्त्रित लागुऔषध ट्रमाडोलसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउपर्नेमा सिन्धुपाल्चोक तौथली गाउँपालिका–५ घर भई काठमाडौँ कालीमाटी बस्ने २० वर्षीय अमित कुसुले र मकवानपुर थाखेल गाउँपालिका–८ घर भई काठमाडौँ कालीमाटी बस्ने २७ वर्षीय सुरोज नगरकोटी रहेका छन् । 
 
थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–२३ च ६०९२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त लागुऔषधसहित बरामद गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

शेयर गर्नुहोस:

702
Shares