मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घन्टामा थप आठ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार छ हजार सात सय पाँच जनामा गरिएको परीक्षणमध्ये छ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
 
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठसय ८५ पुगेको छ । काठमाडौँ उपत्यकामा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौँमा दुईसय २९ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । 
 
यस्तै आज कोरोना भाइरसबाट निको भइ चार सय १४ जना घर फर्किएका छन् । साउन एक गतेको सङ्क्रमण दर चार प्रतिशत रहेकामा आज १३ प्रतिशत पुगेको अधिकारीले बताए । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । हालसम्म ११ हजार नौसय ७७ जनाको सङ्क्रमणबाट निधन भएको छ ।
 
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् ।
 
हाल होम आइसोलेसनमा पाँच हजार पाँच सय ७१ जना, संस्थागत आइसोलेसनमा दुई सय १४, सघन उपचार कक्ष (आइसियु)मा ६४ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घन्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रासस