मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ ।  
 
नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ  । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ । त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् । 
 
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको छ । होम आइसोलेसनमा पाँच हजार चार सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२  र सघन उपचार कक्ष (आइसियू) मा ४४ जनाको उपचार भइरहेको छ । रासस