नेपाल

नेपालमा सक्रिय सङ्क्रमित पाँच हजार नाघे, आज ८१४ सङ्क्रमित थपिए

प्रकाशित |
काठमाडौँ । पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । 
 
मंगलबार पाँच हजार ४१५ नमुनाको परीक्षण गर्दा ८१४ सङ्क्रमित फेला परेका छन् । दुई हजार ७६२ नमुनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ र दुई हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
सङ्क्रमितमध्ये होम आइसोलेनमा चार हजार ९८५, संस्थागत आइसोलेनसमा १५९, आइसियूमा ३८ र भेन्टिलेटरमा पाँच जनाको उपचार भइरहेको छ । हालसम्म नेपालमा नौ लाख ७३७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नौ लाख ७० हजार ६२५ सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९६८ को मृत्यु भएको छ । 
 
मंगलबार २९९ कोरोना सङ्क्रमणमुक्त भएका छन् । आज ११ हजार ५१३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड १५ लाख ६३ हजार ६५३ ले खोपको पहिलो मात्रा, दुई करोड पाँच लाख ९२ हजार ४१६ ले खोपको पूर्ण मात्रा र ७२ लाख ७८ हजार ५५७ ले अतिरिक्त मात्रा लगाएको मन्त्रालयले जनाएको छ । रासस 
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया