मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साइबर अपराधमा हुप्सेकोटका युट्युबर पक्राउ

साइबर अपराधमा हुप्सेकोटका युट्युबर पक्राउ


रासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सहयोगमा नेपाल प्रहरीको साइबर व्यूरोले हुप्सेकोट गाउँपालिका वडा नं ३ गिरुवारीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भूषाललाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको छ । 
 
‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको ‘साथमा भएको पैसा, मोबाइल र गरगहना दिनुस् नदिए एसिड हालिदिन्छु’ भन्नेजस्ता कुरा गरी संवेदनशील एसिडजस्तो घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने भिडियो बनाएर युट्युबमा अपलोड गरेको आधारमा साइबर व्यूरोले पक्राउ गरी अनुसन्धान गरेको हो । 
 
व्यूरोबाट खटिएको प्र्रहरी टोलीले साउन ९ गते कावासोतीबाट भूषाललाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसनधान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोका उपनिर्देशक एवं प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।