मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ६३८ मा कोरोना सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

नेपालमा ६३८ मा कोरोना सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा ६३८ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।   
 
पछिल्लो २४ घन्टामा पाँच हजार ५५ को नमूना परीक्षण गरिएको थियो । दुई हजार २१५ ले पिसिआर र दुई हजार ८४० को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
गत २४ घन्टामा २१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ८०२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा दुई लाख ५७ हजार ८७८ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार ५८१, संस्थागत आइसोलेसनमा १३३, आइसियुमा ३० र भेण्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् । 
 
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर तथा मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ४०,  ललितपुर ३८१ र भक्तपुरमा ८४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस