मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी


हेटौँडा । नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन् ।   
 
युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये  एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन् ।  
 
युनियनको महासचिवमा दिलीप पौडेल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।