मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

नेपालमा थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । 
 
पछिल्लो २४ घन्टामा तीन हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३६० जनाले पीसीआर र एक हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
सो अवधिमा ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ४८९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा ७८ हजार २२८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ । होम आइसोलेशनमा तीन हजार ३५, संस्थागत आइसोलेशनमा १४२, आईसीयू २२ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् । 
 
हाल ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा ललितपुर र मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला, बाजुरा र डढेलधुरा छन् । 
 
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७६३, ललितपुर ३१३ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ४०९ दशमलव पाँच रहेको छ । रासस