मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालले जापानी पूर्वप्रधानमन्त्री आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने

नेपालले जापानी पूर्वप्रधानमन्त्री आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने


काठमाडौँ । पश्चिमी जापानको नारा सहरमा निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दा शुक्रबार गोली हानी हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा नेपाल सरकारले शनिबार एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
 
नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा यही असार २५ गते शनिबारलाई राष्ट्रिय शोकको घोषणा गरेको हो ।
 
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको छ । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भर्त्सना गरेको छ । 
 
नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । 
 
सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ । 
 
नेपाल सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उनको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ । 
 
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री सिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका छन् ।
 
“मेरो हार्दिक श्रद्धाञ्जली ! उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।  
उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् ।  
 
यसैबीच, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार ट्विटमार्फत आबेको हत्याको भत्सर्ना गर्दै निधनप्रति दुःख व्यक्त गरेका हुन् ।   
 
उनले ट्विटरमा भनेका छन्, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्सर्ना गर्दछु । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”