मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिकता विधेयक अघि बढाउन सांसद्हरुको माग

नागरिकता विधेयक अघि बढाउन सांसद्हरुको माग


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट नागरिक बञ्चित भएको भन्दै उनीहरुलाई राज्यको नागरिक भएको आभास दिलाउन विधेयकको किनारा लगाउनुपर्नेमा जोड दिए । 
 
सांसद इन्दुकुमारी शर्माले संसद्मा लामो समयदेखि विचाराधीन रहेको नेपाल नागरिकता ऐनसम्बन्धी विधेयक पारित नहुँदा राज्यले दिने शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सुविधाबाट बञ्चित भएको भन्दै छिटोभन्दा छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
उनले संविधान राज्य सञ्चालन गर्ने मूल कानून भएको र यसले सुनिश्चित गरेको नागरिकता प्राप्त गर्ने जन्मसिद्ध अधिकारको सुनिश्चितताका लागि नागरिकता विधेयक टुङ्गो लगाइनुपर्नेमा जोड दिए ।
 
उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गर्न माग
 
सांसद अमृता थापाले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गरी सङ्घीय संसद्लाई चाँडो पूर्णता दिन माग गरिन् । 
 
उनले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको महिला अधिकार कार्यान्वयन हुन नसक्दा नेतृत्व निर्माणमा गम्भीर असर पुगेको बताइन् । प्रतिनिधिसभाको उपसभामुख पद विसं २०७६ माघ ६ गतेदेखि रिक्त रहेको छ भने २०७८ फागुन २० देखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।
 
सांसद कलिला खातुनले पेट्रोल र डिजेटको मूल्य घटाएकामा सरकारलाई धन्यवाद दिँदै काठमाडौँका कतिपय स्थानमा हैजा फैलिएको भनी आएको विषयमा नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् । रासस