मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् । 
 
सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन  नसकिएको उनको भनाइ थियो । 
 
संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको  ‘संसदीय समिति अभ्यास–पहिलो संसददेखि सङ्घीय संसद्सम्म’ पुस्तक आज सार्वजनिक गर्दै सभामुख सापकोटाले सङ्घीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानुन निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा आफू रहेको बताए ।  
 
महत्त्वपूर्ण विधेयक शीघ्र पारित गरेर सङ्घीयता कार्यान्वयनका लागि आफूले सबै समितिलाई आग्रह गरेको र केही विधेयक अगाडि बढाउन सम्वद्ध पक्षलाई ध्यानाकर्षण गराइएकोसमेत उनले जानकारी गराए । 
 
लामो समयदेखि अड्केको नागरिकता विधेयकले निकास नपाउँदा हजारौँ युवाले नागरिकता पाउन नसकेको भन्दै सभामुख सापकोटाले त्यसलाई अगाडि बढाउन आफूले प्रधानमन्त्री र कानुनमन्त्रीलाई समेत आग्रह गरेको छु भने ।  
 
उनले संसदीय समितिलाई बढीभन्दा बढी क्रियाशील बनाउने सन्दर्भमा आज सार्वजनिक पुस्तकबाट पनि प्ररेणा मिल्ने विश्वास व्यक्त गरे । 
 
उक्त पुस्तकमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार एवं इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापाले नेपालको संसदीय मामिला र संसदीय समितिका बारेमा जानकारी लिनका लागि पुस्तक उपयोगी रहेको छ भने । रासस