मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

देउवाले जुलाई १४ देखि १६ सम्म अमेरिकाको औपचारिक भ्रमणगर्ने संभावना

देउवाले जुलाई १४ देखि १६ सम्म अमेरिकाको औपचारिक भ्रमणगर्ने संभावना

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- प्रधानमन्त्री शेरबहादुर देउवाले आउने जुलाई मध्येमा अमेरिकाको औपचारिक सद्भावना भम्रणको तालिका तय गरिएको छ ।  ह्वाईट हाउसका वरिष्ठ अधिकारीले प्रधानमन्त्री देउवा यही जुलाई १४ देखि १६ तारिखसम्म अमेरिकाको औपचारिक भ्रमण गर्ने वताएका हुन् । तर, औपचारिक रुपमा भ्रमणको तालिका र समय सार्वजनिक भने गरिएको छैन । 
 
नेपाल र अमेरिका विच प्रत्यक्ष कुटनीतिक सम्वन्ध वढिरहेको अवस्थामा देउवाको यो भ्रमण हुन लागेको हो । नेपालका सरकार प्रमुखले औपचारिक रुपमा अमेरिका भ्रमण नगरेको लामो समय भएको थियो ।  चीनले नेपालमा प्रभाव वढाउन दवाव दिदैं आएका बेला यो भ्रमण हुन लागेको हो । अमेरिकाले नेपालसंगको कुटनीतिक सम्वन्ध भारतको आंखावाट तय गर्ने गर्छ भन्ने नेपाली पक्षको गुनासो थियो । 
 
नेपाल र अमेरिका विच अहिले सरकारी स्तरमा राम्रो सम्वन्ध छ । यस्तै दुई देशको सेना विचपनि नियमित भ्रमण भईरहेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्विकृत भएपछि यो विषय मथ्थर भएको थियो । अहिले फेरी अमेरिकाको अर्ध सैनिक बल मानिने नेश्नल गार्ड र नेपाली सेना विचको सहकार्य एसपीपीको बहस भईरहेको छ । 
 
नेपालले बेलायतपछि दोस्रो कुटनीतिक सम्वन्ध राखेको देश अमेरिका हो । अमेरिकामा नेपाली समुदायको करिव ४ लाख जनसख्या छ । नेपालभई आएका नेपाली भाषी भुटानी समेत जोड्ने यो भने यो संख्या ५ लाख भन्दा वढी हुन्छ ।  अमेरिकामा कयौं नेपालीले व्यवसायमा समेत लगानी गरेका छन् । प्राय ठुला शहरमा नेपालीका व्यवसाय भेटिन्छन् । अमेरिकामा घरजग्गा, होटल, स्टोर लगायत सेवा क्षेत्रमा नेपालीको लगानी वढीरहेको छ । 
 
अमेरिकावाट अर्बौ रेमिट्यान्स पनि नेपाल जाने गरेको छ । नेपाल वाहिर नेपालीको सवैभन्दा वढी स्थायी बसोवास भएको देश पनि अमेरिका हो ।  केही दिन अघि ह्वाईट हाउसका वरिष्ठ अधिकारीले टेक्सस डलासमा बस्दै आएका नेपाली समुदायसंग छलफल गरेका थिए ।