अमेरिका- कोलोराडोकी रियलस्टेट एजेन्ट भन्छिन, घर हेर्न आउने अहिले घटेका छन् तर, विक्री गर्नेका लागि यो राम्रो अवसर पनि हो आउने दिनमा के हुन्छ भन्न सकिदैंन ।
अहिले अमेरिकाको अर्थतन्त्रमा अव के हुन्छ भन्नेमा यस्तै अन्यौलता छ । विश्लेषकहरु भन्छन आर्थिक डाटाहरु हेर्दा जस्तो पनि अवस्था आउन सक्छ त्यही भएर घर किन्ने वा नकिन्ने निर्णय गर्न सजिलो छैन ।
अमेरिकाको शेयर बजारलाई अध्ययन र विश्लेषण गर्दै आएका ओजेश उप्रेती भन्छन् यो पर्ख र हेर (वेट एण्ड सि)को समय हो । घर किन्दा होस वा विजनेस अहिले अलि वढीनै विचार पुर्याउनु उपयुक्त हुन्छ समग्रमा भन्दा हतार नगर्दा राम्रो ।
घर किन्नका लागि ऋणका वित्तीय संस्थावाट स्विकृत लिनेको संख्यामा गिरावट आएको छ । यसले गर्दा बजारमा घर किन्न खोज्नेहरु घटेका हुन् । किन्न चाहनेहरुपनि उच्च मूल्य र ब्याजदर वढेका कारण पछि हटेका छन् । यसको सिधा अर्थ बजारमा घरको माग कम हुनु हो ।
माग कम भए हुदां मूल्य घटाउन दवाव पर्छ ओजेस भन्छन् घरको मूल्य घट्न थालेका संकेतहरु आएका छन् ।
अमेरिकाको शेयर बजारमा यो बर्ष निरन्तर गिरावट आएको छ । विट्क्वाइन लगायत क्रिप्टोकरेन्सीको भाउ एक बर्षयताकै न्यून तहमा झरेको छ । ग्यांस लगायत उपभोग्य वस्तुको मूल्य बृद्धिले अमेरिकी उपभोक्ता तनावमा छन् । प्रति ग्यालन ग्यांस मूल्य औषतमा ५ अमेरिकी डलर पुगेको छ । क्यालिफोर्नियाका कतिपय स्थानमा प्रति ग्यालन ग्यांस मूल्य ६ डलर पुगेको छ ।
यो उच्च मूल्य बृद्धिलाई रोक्न व्याजदर बृद्धि गरिएको हो । ब्याजदर बृद्धि हुदां घर र व्यवसाय किन्ने उपभोक्ताभने मारमा परेका छन् ।
युक्रेनमा चलेको युद्ध, निमार्ण समाग्री लगायतको आपूर्ति व्यवस्थामा आएको समस्याले गर्दा बस्तुभाउको मूल्य वढेको हो । ग्यांस स्टेशनले विक्री गर्ने चुईगम देखि चुरोटसम्मको भाउ पटक पटक बृद्धि भईरहेको छ ।
लगानीकर्ताको मनोविज्ञानलाई हेरेर निर्धारत गरिने फेईयर इन्डेक्स (जोखिम सुचकांक) उच्च तह अर्थात एक्सिट्रिममा आईपुगे छ । यो भनेको शेयरबजार र क्रिप्टोकरेन्सीका लगानीकर्ता त्रसित छन भन्ने हो ओजेसले भने त्यसैले धेरैले शेयर र क्रिप्टाकरेन्सी विक्री गर्दै क्यासमा वस्न थालेका छन् ।
अहिले क्यास जोगाउनुनै सवैभन्दा बुद्धिमानी हुन्छ ओजेसको सुझाव छ भोलि कस्तो दिन आउंछ भन्न सकिदैंन, आफुसंग क्यास छ भने त्यसलाई अझ राम्रोसंग उपयोग गर्न सकिन्छ ।
अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले वुधवार व्याजदर बृद्धि गर्दै छ । मूल्य बृद्धिलाई कम गर्न व्याजदर वढाउन लागिएको हो । पैसालाई महंगो वनाएर मूल्य बृद्धि रोक्ने तयारी फेडरल रिजर्भको छ । यसको मतलव फेडरल रिजर्भले पैसा आम नागरिकवाट खिज्दै छ ।
अहिले अमेरिकी डलर भने विश्वका अन्य मुद्राका तुलनामा मजबुत भएको छ । यो पनि अमेरिकी अर्थतन्त्रका लागि हानिकारक हो । डलर बलियो हुंदा अमेरिकाको निर्यात कम हुन्छ । अर्थात अमेरिकामा वन्ने समान अरु देशमा जांदा महंगो पर्छन । यो अवस्थामा निर्यात कम हुन सक्छ ।
अमेरिकाको बजारमा बुधवार फेडरल रिजर्भको वैठकले के निर्णय दिन्छ यो चासोको विषय बनेको छ । यदी अनुमान गरेअनुसार व्याजदर शुन्य दशमलव ७५ प्रतिशतले वढाईयो भने घरको मारगेज अझ वढ्छ । घर किन्न चाहनेहरु हतोत्साहित हुन्छन् । फेडरल रिजर्भको निर्णयले शेयर र क्रिप्टोकरेन्सी बजारमा पनि प्रभाव पार्ने छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया