मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री देउवा र काठमाडौँ महानगर प्रमुख बालेनबीच भेटवार्ता, फोहोर व्यवस्थापनका विषयमा छलफल

प्रधानमन्त्री देउवा र काठमाडौँ महानगर प्रमुख बालेनबीच भेटवार्ता, फोहोर व्यवस्थापनका विषयमा छलफल


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
 
भेटवार्ताका अवसरमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको हो । छलफलका क्रममा प्रधानमन्त्री देउवाले बञ्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग बृहद छलफल गरेर दीर्घकालीन समाधान खोज्न बालेनलाई सुझाव दिएका हुन् । 
 
यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन गर्न नसकिने बताएका थिए ।   
 
उनले फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिलसमेत गर्दै आएका छन् । उनले घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने चेतावनी दिएका थिए ।   
 
सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति भए पनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेपछि बालेन समस्या समाधानको उपाय खोज्न प्रयत्नरत छन् । 
 
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनिरहेको सन्दर्भमा उनले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । उनले भनेका छन्, “काठमाडौँको फोहोर व्यवस्थापन गर्नु हामी सबैको साझा दायित्व हो ।” 

शेयर गर्नुहोस:

405
Shares