मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनआरएनए टेक्सस च्याप्टरको स्वागत एवं अन्तरक्रिया कार्यक्रम

एनआरएनए टेक्सस च्याप्टरको स्वागत एवं अन्तरक्रिया कार्यक्रम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, टेक्सस च्याप्टरले गत शनिवार ह्युस्टनमा एक स्वागत एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विश्व कप क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमनसंग चार एक दिवसीय खेल खेल्न अमेरिका आएको नेपाली राष्ट्रिय टोलीलाई दुई अभ्यास खेलको आयोजना गर्न सहयोग पुऱ्याएको एनआरएनए अमेरिकाका अध्यक्ष लगायतका पदाधिकारीलाई ह्युस्टनमा स्वागत गर्ने उद्देश्यले टेक्सस च्याप्टरले अन्तरक्रियाको आयोजना गरेको हो।
 
दोश्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई रोहित पौडेलको सतकीय पारी र सोमपाल कामीको सानदार ५ विकेटको मद्दतले हराएको नेपाली राष्ट्रिय टोलीलाई एक समारोहको बिच ट्र्फी र प्रमाण पत्र वितरण गरिए पश्चात स्थानीय एक नेपाली रेष्टुँरामा ह्युस्टनका सबै नेपाली संस्थाका अध्यक्ष एवं प्रतिनिधि र संचारकर्मीहरु सम्मिलित कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, उपाध्यक्ष सुमन थापा लगायतका पदाधिकारीहरु एवं डालासबाट नेपाली संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।

एनआरएनए- एनसीसी- यूएसए कपको रुपमा नेपाली क्रिकेट टिमको दुईवटा अभ्यास म्याचलाई सघाएकोमा सहभागीहरुले एनआरएनएलाई धन्यवाद दिएका थिए। स्टेटस्तर र राष्ट्रियस्तरमा खप खेलकुदका गतिविधिहरु गर्न समेत सहभागीहरुले सुझाए अनुरुप निकट भविष्यमा नै एनआरएनए अमेरिकाले भलिबल प्रतियोगिताको आयोजना गर्ने जानकारी गराइएको थियो।
 
आन्तरिक बिवादमा अल्झिएको एनआरएनए अमेरिकालाई आपसी मेलमिलाप र समझदारी कायम राखेर नेपाल र नेपालीहरुको हितमा काम गर्न सहभागीहरुले दिएको सुझावलाई एनआरएनए अमेरिकाको नेतृत्वले सकारात्मक रुपमा लिएको र अब एनआरएनए अमेरिकामा बिवाद नरहने अध्यक्ष सुवेदीले जानकारी गराएका थिए।
स्थानीयस्तरमा कार्यक्रम गर्दा स्थानीयस्तरका सबै संस्थाहरुलाई समानरुपमा सहभागी गराउन र जिम्मेवारी समेत बाँडफाँड गरेर काम गर्न पनि ह्यस्टनका नेपाली संस्थाहरुले आयोजक एनआरएनए टेक्सस च्याप्टरलाई सुझाएका थिए।
 
एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता र सचिव चण्डि भण्डारीको संचालनमा भएको कार्यक्रममा विश्व कप क्रिकेट लिग २ खेलको समाचार संकलन एवं प्रशारणका लागि नेपालबाट सहभागी नेपाली खेल पत्रकारहरु विनोद पाण्डे, प्रज्वल ओली र प्रकाश तिमल्सिनाको समेत उपस्थिति रहेको थियो।