मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचन आयोगद्वारा बागमती प्रदेश प्रमुख, प्रजिअ र प्रहरी उपरीक्षकसँग माग्यो स्पष्टीकरण

निर्वाचन आयोगद्वारा बागमती प्रदेश प्रमुख, प्रजिअ र प्रहरी उपरीक्षकसँग माग्यो स्पष्टीकरण


रतपुर । निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूजा सिंह‚ चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोध्दै सबैलाई आठ घन्टाभित्र स्पष्टीकरण दिइसक्न अनुरोध गरेको छ । 
 
आयोगले बागमती प्रदेश प्रहरी प्रमुख सिंहलाई  ‘पुष्पकमल दाहाल बुधबाार राति भरतपुर आइपुगेपश्चात भेट गरे नगरेको र प्रचण्डका राजनीतिक कार्यक्रमबारे जानकारी भए नभएको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । 
 
यस्तै, प्रजिअ तामाङलाई प्रचण्ड भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको सम्बन्धमा जानकारी भए नभएको र प्रचण्ड भरतपुर पुग्दा उनीसँग भेट गरी कार्यक्रमको जानकारी लिए नलिएको बारेमा स्पष्टीकरण सोधिएको छ । प्रजिअ तामाङलाई प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउन आदेश भएकोरनभएको र प्रचण्डले चुनावी प्रचार गरिरहँदा त्यसलाई रोक्न आदेश दिएकोरनदिएकोबारे स्पष्टीकरण दिन भनिएको छ । 
 
त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई मौन अवधिमा प्रचण्ड भरतपुर आएको विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले एक पत्रमार्फत प्रहरी उपरीक्षक अधिकारीलाई अध्यक्ष प्रचण्डलाई चितवनमा प्रहरी स्कर्टिङलगायतको सुरक्षा उपलब्ध गराउने कार्यमा अधिकारीको संलग्नता भएनभएको भन्ने विषयमा प्रष्ट पार्न भनेको छ । 
 
आयोगले सिंह, तामाङ र अधिकारीलाई  ‘तपाईं स्वयंबाट आचारसंहिताको तदारुकतापूर्वक कार्यान्वयन हुनुपर्नेमा आचारसंहिताको उल्लंघन भइरहँदा सो रोक्न आवश्यक कार्यसमेत नभएको हुँदा निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) तथा सोही ऐनको दफा ४४ बमोजिम किन कारबाही हुन नपर्ने भनी प्रश्न सोधेको छ ।