मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

प्रवासी मञ्च टेक्सस च्याप्टरको पदस्थापन सम्पन्न

प्रवासी मञ्च टेक्सस च्याप्टरको पदस्थापन सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – प्रवासी मञ्च टेक्सस च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरुले आइतबारदेखि पद वहाली गरेका छन् ।
 
गत महिना भएको मञ्चको भेलाले नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्यसमितिले आइतबार औपचारिक रुपमा शपथ सहित पद वहाल गरेको छ । युलेसमा आयोजित कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रभु थापा लगायत पदाधिकारीहरुको उपस्थितीमा पदस्थापन भएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा लक्ष्मण घिमिरे छन् भने उपाध्यक्ष द्वयमा रुपक खड्का र किरण पौड्याल छन् । त्यस्तै सचिवमा राजु नेपाल, सहसचिवमा सदिता प्याकुरेल चयन भएका छन् । सदस्यहरुमा मधुसुदन ज्ञवाली, मनोज धिताल, नुरनाथ सुवेदी, कृष्ण भट्टराई, राजेश अधिकारी, भीषण अधिकारी, तुलसी पौडेल, ज्ञानहरि अर्याल, रञ्जित पौडेल र पवन अर्याल छन् । 
पदस्थापन कार्यक्रममा एनआरएनए टेक्ससका अध्यक्ष सोफिन थापा, गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्र कार्की, एएनएका अध्यक्ष विजयराज भट्टराई, कृष्ण लामिछाने, भानु खरेल, राजु सुवेदी, भक्त थापा, डा. अर्जुन बञ्जाडे,  बासु भण्डारी, यमुना भट्टराई, दिनेश शर्मा, शिव काफ्ले लगायतले शूभकामना व्यक्त गरेका थिए । कार्यक्रम मञ्चका निवर्तमान अध्यक्ष चन्द्रमणि पाण्डेको सभापतित्वमा भएको थियो ।