अमेरिका- नेपाल र नेपालीको वारेमा जानकारी दिन क्यालिफोर्निया स्थित सान फ्रान्सशिस्कोमा नेपाल डे परेड आयोजना गरिएको छ ।

विश्वभरका पर्यटक मुख्य शहर फेरी बिल्डिडं देखि सिभिल सेन्टर नजिक युएन प्लाजामा आयोजना गरिएको उक्त परेडमा नेपाली झण्डा, भेषभुषा, लाखे नाच, नेपाली पन्चैबाजाका साथ ठुलो संख्यामा नेपाली समुदायको सहभागिता थियो ।

गैर आवासिय नेपाली संघ एनसीसी पश्चिम क्षेत्र, क्यालिफोर्निया च्याप्टर लगाएत क्यालिफोर्नियामा रहेका नेपाली संघ संस्थाहरुसंगको सहकार्यमा संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।

परेड पछि नेपाली सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । उक्त परेडमा सहभागी हुन अमेरिकाका विभिन्न शहरवाट पनि नेपालीहरु त्यहां पुगेका थिए ।

नेपालको पर्यटन प्रवद्र्धन लगायत नेपालीको पहिचान वढाउन परेड आयोजना गरिएको कार्यक्रम सयोजक श्रीराम थापाले वताएका छन् । यसलाई निरन्तरता दिने वताईएको छ । उक्त परेड आयोजनाका लागि नेपाली समुदायका स्थानिय विभिन्न संघ संस्थाले हातेमालो गरेका थिए ।

सानफ्रान्सिस्को ठुलो संख्यामा पर्यटकले भ्रमण गर्ने शहर पनि हो । यस क्षेत्रमा नेपाली समुदायको जनसंख्या पनि उल्लेख्य छ ।












प्रतिक्रिया