मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा ‘नेपाल डे परेड’ भव्य रूपमा गरिने

अमेरिकामा ‘नेपाल डे परेड’ भव्य रूपमा गरिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सान् फ्रान्सिस्को (अमेरिका)- उत्तर अमेरिकास्थित सान् फ्रान्सिस्कोमा “नेपाल डे परेड” भव्य रूपमा गरिने भएको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर गरिन लागिएको सो परेड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिका वेस्टकोस्ट रिजन र क्यालिफोर्निया च्याप्टरको संयुक्त आयोजना एवम् क्यालिफोर्नियाका विभिन्न संघ-संस्थाको सहकार्यमा सो परेड कार्यक्रम हुन लागेको परेड मूल आयोजक समितिमार्फत जारी विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
 
सो परेड कार्यक्रम यही अप्रिल ९ तारिख शनिबारका दिन बिहान ११ बजे सान् फ्रान्सिस्कोको एम्बर्कादेरोबाट सुरु भएर सिभिक सेन्टरको यूएन प्लाजामा पुगेर कोण सभामा परिणत हुने विज्ञप्तिमा जनाइएको छ ।
 
कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न उपसमिति बनाइएको छ । कार्यक्रम मूल समिति संयोजकमा एनआरएनए यूएसए वेस्टकोस्ट रिजनका रिजनल चेयर श्रीराम थापा रहेका छन् । यसैगरी, सचिवालय संयोजकमा हरि ओझा, आर्थिक समितिमा क्रमशः राजेश थापा, प्रितेश कार्की र नारायण खनाल, संघ-संस्था संयोजन समिति संयोजकमा उत्तम कार्की, सांस्कृतिक समिति संयोजकमा निर्मल फुयाँल रहेका छन् । यस्तै, सञ्चार समिति संयोजकमा उत्तम धमला, स्वयंसेवक व्यवस्थापन समिति संयोजकमा प्रमराज केसी, होस्पिटालिटी एन्ड म्यानेजमेन्ट संयोजकमा रविसिंह बस्नेत एवम् आईटी समिति संयोजकमा अभिषेक ज्ञवाली रहेका छन् ।     
 
कार्यक्रममा क्यालिफोर्नियालगायत अमेरिकाभरिबाटै ठुलो संख्यामा सहभागिता हुने अपेक्षा आयोजकले राखेको छ । नेपाल, नेपाली भाषा, कला र संस्कृतिलाई विश्वसमुदायमा परिचित गराउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो । सो कार्यक्रममा विभिन्न जातजाति र समुदायमाझ परिचित संस्कृति झल्काउने झाँकी र वेशभूषासहित परेडमा सहभागिता जनाइने छ ।
 
यसैगरी, आयोजकले कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दै अन्य राज्यबाट सहभागिता जनाउन आउने पाहुनाहरुका लागि सान् फ्रान्सिस्को फाइनान्सियल डिस्ट्रिक्टमा रहेको होटेल हिलटनमा कोठाहरु बुकिङ गरिएको र विमानस्थलबाट पिकअप र ड्रपअफको समेत व्यवस्था गरिएको जनाएको छ । 
 
सोही दिन सान् फ्रान्सिस्कोस्थित युनाइटेड आइरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । सो सांस्कृतिक कार्यक्रम संयोजक निर्मल फुयाँलका अनुसार सो कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, लोक गायक मिलन लामा, गायिका संगीता थापा मगर, गायक उदय भट्टराईलगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । 
 
प्रवेश शुल्क $३० रहेको सो कार्यक्रममा डिनरको पनि व्यवस्था गरिएको छ । सांस्कृति कार्यक्रममा सहभागी हुनका लागि टिकट www.thingsnepali.com बाट अनलाइन काट्न सकिने कार्यक्रमका आईटी एवम् डिजाइनिङ संयोजक अभिषेक ज्ञवालीले जानकारी दिए ।