ड्यालस (अमेरिका) – टेक्ससको युलेस सिटीको काउन्सिल म्यान पदमा उम्मेदवारी दिएका मोहन ज्ञवालीको चुनावी अभियानले पछिल्लो दुई सातादेखि तीब्रता लिएको छ ।
दैनिक रुपमा मत माग्दै ज्ञवाली सहितका स्वयमसेवकहरु घरदैलो अभियानमा लागेका छन् । अमेरिकामा चुनावी अभियानमा चर्चको पनि हात हुने भएको मत माग्नका लागि चर्चहरुमा गएर भेटघाट पनि तीब्र पारिएको छ ।
आईतबार हिमालय डेमोक्रेटिक क्लबले युलेसको सिग्नेट कम्युनिटीमा अन्तरकृया सम्पन्न गरेको छ ।
त्यस अवसरमा चुनावी अभियानको दौरानमा अहिलेसम्मका प्रगति र भावी कार्यक्रमका बारेमा चर्चा भयो । ज्ञवालीले सबै समुदायबाट सहयोगले आफू उत्साहित भएको बताए ।
कार्यक्रममा युएस कंग्रेस, टेक्ससको तल्लो सदन र माथिल्लो सदन, न्यायाधीश पदका उम्मेदवारहरुको समेत सहभागिता थियो ।
डेमोक्रेटिक पार्टीका प्रिलिन्ट चेयर बासु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा क्लबका अध्यक्ष प्रभात दीक्षित, नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्ले, सिटी काउन्सिलका सदस्य टीका पौडेल लगायतले धारणा व्यक्त गरेका थिए ।
युलेस सिटीको प्लेस-३ को लागि नेपालीमुलका ज्ञवालीले उम्मेदवारी दिएका छन् । एक महिना पछि अर्थात मे ७ तारिकमा चुनाव हुँदैछ ।
प्रतिक्रिया