मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पिकनिक प्याभिलियन

पिकनिक प्याभिलियन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सास ।  यहाँको नेवारी समुदायका सदस्यहहरुको सकृयतामा सन् २०२० मा स्थापना भएको भिंतुना पासा पुचले निर्माण गरेको पिकनिक प्याभिलियन हिजो शनिबार उद्घाटन गरियो । 
हिमालयन कल्चरल सेन्टर , पशुपती मन्दिर क्षेत्रमा रहेको नेपाली पार्कमा फुटबल ग्राउण्ड , भलिवल कोर्ट र पिकनिक स्थल रहेको छ । सोही पिकनिक स्थलमा  भिंतुना पासा पुचले समुदायका सदस्यहरुबाट सहयोग संकलन गरी उक्त प्याभिलियन बनाएको हो ।  
समय समयमा भेला, पिकनिक आयोजना गरी भिंतुना पासा पुच, ह्युस्टनले यहाँको नेपाली समाजमा  आपसी सद्भाव, मित्रता र भाइचारा बाँड्ने गरेको छ ।  
गित, संगित, खेल र खानाको रमाइलो जामअघट थियो पिकनिक ! गत शनिबार आयोजना गरिएको अर्थ संकलन पिकनिकमा देखिएको रमाइलो र उत्साहप्रद सहभागितामा कैद गरिएका तस्विरहरु यहाँ दिइएकोछ ।