मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालीहरुद्वारा ह्युस्टनमा एकै दिन दुई ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न, करिब ७० जनाले रक्तदान गरे

नेपालीहरुद्वारा ह्युस्टनमा एकै दिन दुई ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न, करिब ७० जनाले रक्तदान गरे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- हिजो ह्युस्टनमा एकै दिन दुईस्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) र क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस) ले रक्तदान कार्यक्रम आयोजना गरेका हुन्। दुबै नेपाली संस्थाहरुले गल्फकोष्ट रिजनल ब्लड सेन्टर, ह्युस्टनको सहयोगमा रक्तदान गरेका हुन्।
 
एनएएचले रिचमण्ड स्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको हो भने सिएनएसले वृहत्तर ह्युस्टनको उत्तर-पश्चिम क्षेत्रलाई लक्षित गरेर रक्तदान गरेको हो।
 
एनएएचको रक्तदानमा २८ जना
एनएएचले आयोजना गरेको रक्तदानमा २८ जना विभिन्न रक्तदाताहरुले रक्तदान गरेको एनएएचका अध्यक्ष डा. विष्णु नेपालले जानकारी गराएकाछन्। कार्यक्रममा एनएएचका पूर्व अध्यक्ष ज्योति घिमिरेले आफ्नो ६६ औं रक्तदान गरेका थिए। घिमिरेको नियमित रक्तदान धेरै नयाँ रक्तदाताहरुका लागि उदाहरण बनेको छ। वर्षमा कम्तिमा चार पटक रक्तदान गर्ने घिमिरे नेपाली समुदायको रक्तदान बाहेक उनी काम गर्ने संस्थाले आयोजना गर्ने रक्तदानमा पनि सहभागी हुने गरेकाछन्।
 
एनएएचको रक्तदानमा एनएएचका अध्यक्ष लगायतका पदाधिकारी, मन्दिरका पुरोहित एवं नेपाली समुदायका अगुवाहरुहरुले समेत रक्तदान गरेका थिए।
 
सिएनएसको रक्तदानमा ३९ जना
हरेक वर्ष कम्तिमा दुईपटक रक्तदान कार्यक्रम आयेजना गर्दै आएको सिनएसले हिजो स्थानीय टार्गेट स्टोरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जना विभिन्न रक्तदाताहरुले रक्तदान गरेको जानकारी सिएनएसका रक्तदान कार्यक्रम संयोजक देवेन्द्र शर्माले हिमालय खबरलाई बताएका छन्।
 
शर्माका अनुसार सिएनएसका पदाधिकारी लगायत टार्गेटमा किनमेलका लागि आएको एउटा भारतीय परिवारको चार जनाले पनि रक्तदान गरेका थिए। नेपाली रक्तदाताहरु मध्ये पनि गङ्गा शर्मा र विजय पौडेलको परिवारका पाँच-पाँच जनाले नै रक्तदान गरेका थिए।
 
‘एकजनाको रक्तदानबाट तीनजनाको ज्यान बच्नसक्छ’ भन्ने जानेरै नेपाली संघसंस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व अनुरूप रक्तदान कार्यक्रम आयोजना गर्दै आएको रक्तदान कार्यक्रमका आयोजकहरुले हिमालय खबरलाई बताएकाछन्।