मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ज्ञवालीलाई जिताउन टेक्सस च्याप्टरको अन्तरकृया

ज्ञवालीलाई जिताउन टेक्सस च्याप्टरको अन्तरकृया

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युलेस (टेक्सस) । टेक्ससको युलेस सिटीको काउन्सिल सदस्यमा उम्मेदवारी दिएका नेपालीमुलका मोहन ज्ञवालीलाई जिताउनका लागि एनआरएनए टेक्सस च्याप्टरले आइतबार छलफल कार्यक्रमको आयोजना गरेको छ ।
 
ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा बसोबास गर्ने नेपाली समुदायबीच आयोजना गरिएको छलफल कार्यक्रममा विगतका निर्वाचनमा अपनाइएका चुनावी रणनीतिहरुको समिक्षा गर्र्दै आगामी दिनमा अघि बढ्नुपर्ने बारेमा छलफल भयो । नेपाली समुदायका अगुवाहरुले ज्ञवालीलाई जिताउनका लागि तन, मन र धनले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 
 
त्यस क्रममा आइतबारको कार्यक्रममा झण्डै सातहजार डलर सहयोग संकलन भएको छ । ज्ञवालीले आपूmले गत महिना उम्मेदवारी दर्ता गरेयता चुनावी प्रचार प्रसारको दौरानमा अघि सारेका कार्यक्रमका बारेका जानकारी दिएका थिए । 
 
अमेरिकी नागरिक, अफ्रिकी अमेरिकन, हिस्पानिक अमेरिकन, एसियाली अमेरिकनबीच चुनावी अभियानका क्रममा पुगिसकेको र आगामी दिनमा प्रचार अभियानलाई अझै तीब्रता दिने ज्ञवालीले बताए । युलेस सिटीको प्लेस–३ का लागि आउँदो मे ७ तारिक चुनाव हुँदैछ । उक्त चुनावमा युलेस सिटीको मतदाता सूचिमा नाम भएकाहरुले भोट दिन पाउँछन् । 
 
चुनावको क्रममा अप्रिल २५ देखि मे ३ सम्म अर्लि भोटिङ गर्न पाइने व्यबस्था रहेको छ । ज्ञवालीले आफूलाई अनुकुल पर्ने दिनमा मतदान केन्द्रमा गएर भोट दिन सबैमा अपिल समेत गरेका छन् ।
 
गत वर्षको सिटी काउन्सिलको चुनावमा नेपालीमुलकै टीका पौडेल निर्वाचित भएका थिए । युलेस टेक्ससमा नेपालीहरुको ठूलो वस्ती भएको सिटी हो । नेपालीमुलका मतदातामात्र झण्डै सातसय छन् । अमेरिकी नागरिकता नलिइसकेका र ग्रीनकार्डमै बसेका केही हजार नेपालीहरु यो सिटीका घर किनेर बसोबास गर्दै आएका छन् ।
 
एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापाले स्थानीय राजनीतिमा सकृय हुन चाहने नेपालीमुलका व्यक्तिहरुलाई एनआरएनले सहयोग गर्ने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रम च्याप्टर सचिव चण्डी भण्डारीले सञ्चालन गरेका थिए ।