अमेरिका समाचार

घिमिरेको नेतृत्वमा टेक्ससको प्रवासी मंच

घिमिरेको नेतृत्वमा टेक्ससको प्रवासी मंच


शेयर गर्नुहोस:

12.1k
Shares

  • change font
  • change font
  • change font

टेक्सस(अमेरिका)-   टेक्सस। प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटिको अध्यक्षमा लक्ष्मण घिमिरे चुनिएका छन। लक्षणको नेतृत्व सङ्गै प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटिमा अवको नेतृत्व युवा  पुस्तामा हस्तान्तरण भएको छ।
 
केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा केन्द्रीय सचिवालयले दिएको निर्देशन अनुसार यही आइतबार अधिवेशन आयोजक कमिटिले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो। मञ्चका कार्यबाहक अध्यक्ष चन्द्रमणि पान्डेको अध्यक्षतामा अधिवेसन भएको थियो।
 
प्रवासी नेपाली मञ्च अमेरिका टेक्सस राज्य कमिटिमा निम्न पदाधिकारीहरु निर्विरोध चयन भएका छन् । मन्चको उपाध्यक्षमा किरण पौड्याल, सचिवमा राजु नेपाल,सह सचिवमा सब्दिता प्याकुरेल चयन भएका छन् भने सदस्यहरुमा मधुसुदन ज्ञवाली, मनोज धिताल, नुरनाथ सुबेदी। कृष्ण भट्टराई, राजेश अधिकारी, पवन अर्याल र गोपाल प्याकुरेल छन् ।  प्रवासी मंच नेकपा एमाले निकटहरु आवद्ध रहेको संस्था हो ।

Advertisement

शेयर गर्नुहोस:

12.1k
Shares