मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

प्रवासी नेपाली मंच कोलोराडोको तेश्रो अधिवेशन नयां कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मंच कोलोराडोको तेश्रो अधिवेशन नयां कार्यसमिती चयन गर्दै सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)– प्रवासी नेपाली मंच कोलोराडो राज्यको तेश्रो अधिवेशन आइतबार नयां कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।

सल्लाहकार नारायण श्रेष्ठको प्रमुख अतिथ्यता तथा रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष टिका पौडेलको बिशेष आतिथ्यतामा  सम्पन्न भेलाले  संजयसिङ केसीको अध्यक्षतामा सर्वसम्मत कोलोराडो राज्य कमिटी गठन गरेको हो ।

कोलोराडोको बोल्डर स्थित काठमाण्डौ रेष्टुरेण्टमा सम्पन्न भेलाले ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि कार्यक्रम सुरु गरिएको थियो । निर्वतमान अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न  कार्यक्रममा प्रवासी मन्च अमेरिकाका अध्यक्ष प्रभुराम थापाले फोन मार्फत शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै हाल सम्म भए गरेका क्रियाकलापको जानाकारी गराएका थिए । समारोहमा प्रमुख अतिथी नारायण श्रेष्ठ तथा बिशेष अतिथी टिका पौडेलले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

त्यस पछि कार्यक्रममा उपस्थित सबैले आ–आफ्नो बिस्तृत परिचय सहित राजनैतीक सामाजिक जिवनको बारेमा प्रकाश पारेका थिए ।

उद्धाटन सत्र पछि सम्पन्न बन्द सत्रले संजयसींह केसीको अध्यक्षतामा ९ सदस्सिय कोलोराडो राज्य कमिटी गठन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमस भेषराज ओली, संन्तोष न्यौपाने, अर्जुन कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा डोरप्रसाद बिमाली, नुरहरी पोख्रल, कृष्ण घिमिरे र दिनेश कार्की रहेका छन् । सह सचिव भने पछि कार्यसमितीको  बैठकले क्षेत्र मिलाएर तोक्ने नव निर्वाचित अध्यक्ष संजयसिह केसीले बताएका छन्  ।