मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनमा फागु पर्व धुमधामसंग मनाईंदै

ह्युस्टनमा फागु पर्व धुमधामसंग मनाईंदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन(टेक्सस)- नेपालीहरुको सांस्कृतिक पर्व फागु (होली) सामूहिकरुपमा मनाउन ह्युस्टनका नेपालीहरु सक्रिय भइरहेकाछन्। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा आगामी शनिवार, मार्च १९ का दिन वृहत्तर ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ मन्दिर परिसरमा  रंगको पर्व ‘फागु’ मनाउने कार्यक्रम तय भएको छ। 
 
कोरोना महामारीले गर्दा गत दुईवर्ष मन खोलेर फागु पर्व मनाउन नपाएका ह्युस्टनका नेपालीहरुले यो पटक भव्यरुपमा फागु उत्सव मानउन आउने अपेक्षा आयोजक संस्था एनएएचले  गरेको छ। एनएएचले शनिवार विहान ११ बजे देखि ३ बजेसम्म फागु खेल्ने कार्यक्रम राखेको छ। 

ह्युस्टनमा रहेका नेपालीहरुलाई सपरिवार फागु खेल्न आउन एनएएचले अनुरोध समेत गरेको छ। केटाकेटीहरुलाई नेपालीहरुको सांस्कृतिक पर्वहरुमा सहभागी गराएर नेपाली संस्कृतिसंग नजिक बनाउन सबै नेपाली अभिभावकहरुलाई आयोजक एनएएचले अपील गरेको छ। 

 
फागुसंगै खेलकुद
यो पटक फागु खेल्न जम्मा हुने नेपाली समुदायले भलिबल र फुटबल खेलको मज्जा पनि लिन पाउने भएका छन्। फागु पर्व का अवसरमा पशुपति मन्दिर परिसरको खेल मैदानमा भलिवल र फुटवल (सकर) को मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको छ। एनएएचका अध्यक्ष डा. विष्णु नेपालका अनुसार भलिवल र फुटबलको् प्रतियोगात्मक खेल भने अप्रिलको पहिलो हप्ताबाट शुरु हुने छ। भलिवल स्थानीय युवाहरुको संयोजनमा हुँदैछ भने फुटबल प्रतियोगिता एनएएचले नै आयोजना गर्दैछ। फुटबलको फाइनल खेल एनएएचले अप्रिल १६ का लागि तय गरेको पिकनिकको दिन हुने आयोजकहरुले जनाएका छन्। 
 
एमएचयुको होली आइतवार
यो पटक ह्युस्टनका नेपालीहरुलाई शनिवार र आइतवार गरेर दुईदिन होली मनाउने अवसर जुटेको छ। ह्युस्टनमा नै रहेको अर्को संस्था नेप्लिज हेरिटेज युनियन (एनएचयु) ले स्थानीय आर्थर स्टोरी पार्कमा आइतवार, मार्च २० का दिन  विहान ९.३० देखि नै होली मनाउने कार्यक्रम रहेको आयोजकहरुले जानकारी गराएकाछन्।