अमेरिका- अमेरिकाका लागि नव नियुक्त राजदुत प्रा श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका आउनु भएको छ ।उहालाई विमानस्थलमा स्वागत गर्न राजदुतावासका कार्यबाहक राजदुत कुमार राज खरेल ,महा बाणिज्यदूत प्रेम राजा महत लगायत दुताबास परिवार त्यहाँ पुग्नु भएको थियो ।
राजदुत प्रा खत्रीलाई पुष्प गुच्छा र खादा लगाई स्वागत गरिएको थियो । प्रा खत्रीले ईनेप्लिज मार्फत अमेरिकाका रहेका नेपालीहरुलाई सन्देश दिनु भएको थियो । उहाले ईनेप्लिज संग कुरा गर्दै एमसीसी संसदबाट पारित भएको मा अब अझ अमेरिका र नेपाल बीच सम्बन्ध राम्रो हुन्छ भन्ने बताउनु भयो । साथै अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गर्ने आफू विश्वस्त भएको बताउनु भयो ।
त्यसै गरि महाबाणिज्यदुत प्रेम राजा महतले पनि राजदुत खत्री आउनु भएकोमा हर्ष व्यक्त गर्नु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सफारिसमा राजदुत प्रा खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदुतमा नियुक्त गर्नु भएको हो ।
राजदूत प्रा श्रीधर खत्रीले गत बुधबार शपथ ग्रहण गर्नु भएको थियो भने राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई शपथ ग्रहण गराउनु भएको थियो ।
यसअघि केपी शर्मा ओली नेतत्वको सरकारले राजदुत बनाएका पूर्वअर्थमन्त्री डा युवराज खतिवडा(विद्या वारिधि )लाई फिर्ता गरेर वर्तमान सरकारले खत्रीलाई नियुक्त गरेको थियो । संसदबाट एमसीसी अनुमोदन भएकै दिन खत्री नियुक्त हुनु भएको थियो ।
नेपाल सरकारले केही महिना अगाडी एकै पटक अमेरिकाका लागि प्रा खत्री, भारतका लागि डा शंकर शर्मा, वेलायतको लागि ज्ञानचन्द्र आचार्यलाई राजदुत मनोनयन गरेको थियो । बेलायतका राजदुत ज्ञानचन्द्र आचार्य बेलायत पुगी सक्नु भएको छ ।
प्राध्यापकखत्री नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिमध्येका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिनु हुन्छ । लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरि सक्नु भएको छ ।
खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुनु हुन्छ हुन् ।
राजाको शासनकालमा नेपालका हस्ती कूटनीतिज्ञ पदमबहादुर खत्रीका छोरा श्रीधर कूटनीतिक र सुरक्षाको मामिलामा पिताको जस्तै अध्ययन गरेका व्यक्ति हुनु हुन्छ ।
प्रतिक्रिया