चितवन । चितवनको इच्छाकामना गााउँपालिका वडा नं २ रमाइलो डाँडाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ५ बजे ना १ क ८१०८ नम्बरको ट्याङ्करले ठक्कर दिँदा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका वडा नं २ बस्ने ३४ वर्षीय नवीन गुरूङ, इच्छाकामना गाउँपालिका वडा नं ३ बस्ने ३० वर्षीया प्रतिभा गुरूङ र उनका पाँच वर्षीय छोरा आरोन रहेका छन् ।
ट्याङ्करको ठक्करबाट मोटरसाइकल सडकबाट करिब ४०० मिटर तल खसेको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले ट्याङ्कर र चालक रत्ननगर नगरपालिका वडा नं ११ बस्ने ४६ वर्षीय सन्तराम दराईलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलबाट तीन जनाको लास जाँच मुचुल्का तयार पारी पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया