मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

भोजनी भए डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार, दिनेश शर्मा तेस्रो स्थानमा

भोजनी भए डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार, दिनेश शर्मा तेस्रो स्थानमा


शेयर गर्नुहोस:

19k
Shares

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका)- टेक्सस हाउस डिस्ट्रिक्ट-९२ क्षेत्रबाट प्राइमरी चुनावमा डेमोक्र्याटिक पार्टीबाट सल्मान भोजनी आधिकारिक उम्मेदवार भएका छन् । उनले ५७.५१ प्रतिशत मत अर्थात् ३७०७ मत पाएर आधिकारिक उम्मेदवार भएका हुन् । 
 
टेक्सस हाउस डिस्ट्रिक्ट-९२ मा डेमोक्र्याटिक पार्टीबाट तीनजनाले उम्मेदवारी दिएका थिए । जसमा ट्रेसी स्कट, दिनेश शर्मा र सल्मान भोजनी रहेका थिए ।   
सल्मान भोजनी, ट्रेसी स्कट, दिनेश शर्मा

सल्मान भोजनी, ट्रेसी स्कट, दिनेश शर्मा
यसैगरी,  ट्रेसी स्कट दोस्रो भएकी छन् I उनी कुल खसेको मतमध्ये २५.४३  प्रतिशत अर्थात् १६३९ मत पाएर दोस्रो भएकी हुन् ।
 
त्यस्तै, सोही क्षेत्रबाट नेपाली समुदायबाट उम्मेदवार रहेका दिनेश शर्माले १७.०६ प्रतिशत अर्थात् ११०० मत पाएर तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । टेक्सस हाउस डिस्ट्रिक्ट-९२ क्षेत्रभित्र युलेस, आर्लिंगटन, बेडफोर्ड र ग्रान्डपेरी सहर पर्दछन् । जुन सहरहरू नेपाली समुदायको उल्लेख्य जनसंख्या रहेको क्षेत्रमा पर्दछन् ।

शेयर गर्नुहोस:

19k
Shares