मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थपिए ४७६ कोरोना सङ्क्रमित

थपिए ४७६ कोरोना सङ्क्रमित


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कुल ४७६ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १४ हजार ७१ पुगेको छ ।
 
यस अवधिमा ८३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म नौ लाख ५३ हजार ४३० सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत छ । 
 
हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ रहेका छन् । यस अवधिमा थप तीन जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ । रासस