मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको न्युयोर्क आसपासका क्षेत्रमा भारी हिमपात र हावाहुरी, जनजीवन निकै प्रभावित (भिडियो सहित)

अमेरिकाको न्युयोर्क आसपासका क्षेत्रमा भारी हिमपात र हावाहुरी, जनजीवन निकै प्रभावित (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकाको उत्तरपूर्वी राज्य न्युयोर्कमा शुक्रबार राती देखि परेको हिमपातका कारणा जनजीवन निकै प्रभावित बनेको छ । हिमपातका कारण यातायातका साधन निकै कममात्र चलेका छन भने अधिकांश सडकमा चहलपहलपनि निकै कम भएको छ । हिमपातसंगै हवाहुरीका कारण जनजीवन झन कष्टकर बन्दै गएको छ ।
 
अमेरिकी मौसम विभागका अनुसार हिमपात शुक्रवार रातीदेखि शुरु भएको थियो भने शनिवार साँझ सम्मै आउनेछ । त्यसैगरी हिमपातसंगै चलेको चिसो हावाको कारण मानिसहरुलाई  सकेसम्म्म बाहिर ननिस्कन आव्हान गरिएको छ । झण्डै १५ इन्च सम्मको हिउ पर्ने र ५० माइल  प्रतिघण्टाको वेगमा चिसो हावा चल्ने भएकाले आपतककालिन तयारी अवस्थामा रहेको न्युयोर्क राज्यले  जनाएको छ । 
न्युयोर्ककी गभर्नर क्याथी होचुलले न्युयोर्कका न्युयोर्क सीटी, लङ आइल्याण्ड, रकल्याण्ड र वेष्टचेष्टर काउन्टीमा आपतकालिन अवस्थाको घोषणा गरेकी छिन । न्युयोर्कको मेट्रो रेल सेवा विभागले हिमपातका कारण आपतकालिन सूचना जारी गर्दै सेवा आंशिकमात्र सञ्चचालनमा आउने जनाएको छ । त्यसैगरी लङआइल्याण्ड रेल सेवा अनिश्चितकालको लागि स्थगित गरिएको छ । 
हिमपातका कारण म्यासाचुसेट्स, न्यु जर्सी, रोड आइल्याण्ड, भर्जिनिया तथा वसिङटन डिसी लगायतका क्षेत्रमा  पनि जनजीवन निकै प्रभावित बनेको छ भने न्यु जर्सी र भर्जीनिया राज्यले आपतकालिन अवस्थाको घोषणा गरेको छ ।