मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनएसटी पाठशालाको प्रिन्सिपलमा पुनः भट्टराई

एनएसटी पाठशालाको प्रिन्सिपलमा पुनः भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – नेपाली पाठशाला टेक्ससको प्रिन्सिपलमा विजयराज भट्टराइले जिम्मवारी पाएका छन् । नेपाली समाज टेक्सास  ( एनएसटी ) को नवनिर्वाचित टिमले भट्टराई लाइ पुनः प्रिन्सिपलको जिम्मेवारी दिएको हो । 
 
यस अघि पनिएनएसटी पाठशालाको प्रिन्सिपलमा भट्टराई  नै थिए। सन २००४ देखि नेपाली समाज टेक्ससले नेपाली बालबालिकाहरूका लागि पाठशाला संचालन गर्दै आइरहेको छ। पाठशालामा भट्टराइले सन २००९-२०११ मा स्कूल कमिटि सदस्य, सन २०११-२०१३ मा इन्चार्ज, सन २०१३-२०१५ मा प्रिन्सिपल र सन २०१९-२०२१ मा पनि प्रिन्सिपल भएर कार्य गरिसकेका छन् । 
 
टेक्सासको ड्यालसमा भौतिक रुपमा कक्षा-कोठामै संचालन हुँदै आएको यस स्कूललाई कोरोना महामारी भए सँगै एनएसटी ग्लोवल पाठशाला नाम दिएर अमेरिका लगायत संसार भरिका नेपाली बिद्यार्थीहरुको निमित्त खुल्ला गरिएको छ । यो कार्यको श्रेय पिन्सिपल भट्टराई  र उनको टिमलाइ जान्छ । गएको शत्रमा पाठशालामा अमेरिकाका १५ राज्यहरु र नेपालका बिध्यार्थीहरु अध्ययनरत थिए । उक्त पाठशाला अष्ट्रेलियामा पनि संचालन भइरहेको छ।  
 
त्यसैगरी स्कूलको कोअर्डिनेटरमा भोजबहादुर बलायारलाई नियुक्त गरिएको छ। यस अघि पनि बलायर नै उक्त जिम्मेवारीमा थिए।   नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली स्कूलको कुशल नेतृत्वका कारण स्कूलका प्रिन्सिपल तथा कोअर्डिनेटरलाई पुन अनुरोध गरि जिम्मेवारी दिइएको उल्लेख गरे । 
 
विगत दुई बर्षमा उक्त पाठशालाले एक हजार नेपाली बालबालिकाहरुलाई बिभिन्न बिषयहरुमा अध्ययन गराएको थियो। कुशल नेतृत्वका कारण नै यतिखेर नेपालीद्वारा नेपाल बाहिर संचालित पाठशालाहरुमा यो पाठशाला सबैभन्दा धेरै बिध्यार्थीहरु रहेको पाठशाला हो। 
 
भट्टराईले चाँडै नै स्कूलको मेनेजर, भाइस-प्रिन्सिपल, प्यारेण्टस कमिटि र स्कूल एडभाइजर्सहरुको कमिटि बनाई पहिले भन्दा अझ धेरै कार्यक्रम सहित अत्याधुनिक ढंगले पाठशालाका गतिबिधि अघि बढाउने योजना हिमालय खबरलाइ सुनाएका छन् ।