अमेरिका- क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य लगातार गिरावट आएको छ । शनिवार प्रति विट्क्वाईन ३५ हजार डलर भन्दा पनि तल झर्यो । नोभेम्बर महिनामा बिटक्वाईन सवैभन्दा माथि ६८ हजार ९९० डलरसम्म पुगेको थियो । त्यसको तुलनामा अहिले बिटक्वाईनको भ्यालु झण्डै ५० प्रतिशतले झरेको छ ।
बिटक्वाईन मात्र होइन अन्य डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको भ्यालुमा पनि यसरीनै गिरावट आएको छ । इथेरिमको मूल्य २४ सय डलर भन्दा तल कारोवार हुन आएको छ ।
डगक्वाईन, सिवाइन लगायतका क्रिप्टोकरेन्सीमा यसरीनै तल झरेका छन् ।
अमेरिका, रसिया, भारत, चीन लगायत विभिन्न देशले विट्क्वाईन लगायत क्रिप्टोकरेन्सी प्रति अनुदार हुदैं गएकाले मूल्यमा यसरी गिरावट आएको हो । यो गिरावटले लगानीकर्ता क्रिप्टोकरेन्सी जस्तो जोखिम पुर्ण क्षेत्रमा लगानी वाट वाहिरिन थालेको संकेत गरेको छ ।
हालै अमेरिकाले बिटक्वाईन लगायत क्रिप्टोकरेन्सी कारोबारमा कडाई गर्न थालेको छ । रसियाले बिटक्वाईनको माईनिगंमा वन्देश लगाईदियो । बिटक्वाईन जस्ता क्रिप्टोकरेन्सीले अर्थतन्त्र अस्थिर वनाउन सक्ने वताउंदै रसियाले कडाई गर्न थालेको हो । सवैभन्दा वढी बिटक्वाईनको माईनिगं रसियामा हुने गरेको छ ।
भारतले क्रिप्टो करेन्सी कारोवारमा कडाई गर्दै आएको छ । एक बर्ष यता भारतमा क्रिप्टोकरेन्सीको कारोवार कयौं गुणाले वढेर अरर्बौमा पुगेको थियो । यद्यपी वित्तीय संस्था गोल्डम्यान स्याक्सले विटक्वाईनको मूल्य एक लाख डलरसम्म पुग्न सक्ने अनुमान सार्वजनिक गरेको छ ।
शेयर बजार र क्रिप्टोकरेन्सीमा लगानी गर्ने कयौं नेपाली पनि घाटामा जान थालेका छन् । यसैलाई संकेत गदै अमेरिकामा लगानी गर्ने नेपालीका लागि वनाईएको रविनहुड नेपाली समुहमा शुक्रवार जोकनै चर्चित बन्यो । म भाडामा बस्थें एक पटक घरवेटीलाई शेयरमा लगानी गर्न सिकाईदिएको थिए । अहिले हामी दुवै भाडामा बस्छौं भनेर जोक राखिएको छ ।
केही समय यता अमेरिकामा शेयरमा कयौं नेपालीले लगानी गरेका छन् । नेपाली समुदायको लाखौं डलर अमेरिकी शेयर र क्रिप्टोकरेन्सीमा लगानी भएको छ ।
अमेरिकामा उपभोग्य बस्तुको उच्च मुल्य बृद्धि, पहिले दिईएका सरकारी सहुलियतमा कटौती लगायतले अमेरिकाको अर्थतन्त्रमा दवाव सृजना भएको छ । यसको प्रभाव शेयर र क्रिप्टोकरेन्सीमा पनि परेको हो ।
यदी यो प्रभाव वढ्दै गए उद्योग व्यवसायमा लागेका कयौं नेपालीपनि मर्कामा पर्ने छन् । तस्बिर: सामाजिक संजाल
अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौँ वार्षिक सम्मेलन 'नेपालको विद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण' विषयमा केन्द्रित विमर्शका साथ सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाव ...
ड्यालस (टेक्सस) । २५६६ औ बुद्ध जयन्तिको अवसरमा ड्यालस स्थित नेपाली मन्दिरमा दुइ दिने बिशेष कार्यक्रम सम्पन्न भएको छ।
नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सस तथा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रल ...
कोलोराडो, अमेरिका । २६४६ औँ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोको डेन्भर डाउनटाउनमा शनिबार शान्ति पदयात्रा सम्पन्न भएको छ ।
कोलोराडोमा सकृय संस्था बौद्ध समाजको आयोजनामा बुद्धको जन्मभूमि नेपाल हो भ ...
ड्यालस (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ब्लड डोनर्स अमेरिका (बिडिए) सँगको सहकार्यमा विश्व प्रेस स्वतन्त्रता दीवसको सन्दर्भ पारेर आइतबार टेक्ससको ड्यालसमा आयोजना गरेको रक्तदान कार्यक्रमम ...
प्रतिक्रिया