मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

हिमानी ट्रष्ट अमेरिका औपचारिक रुपमा स्थापना

हिमानी ट्रष्ट अमेरिका औपचारिक रुपमा स्थापना

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- नेपालमा समाजिक सेवामा संलग्न नेपालीकी पुर्व युराज्ञी प्रमुख रहेको हिमानी ट्रष्टले वुधवार देखि औपचारिक रुपमा हिमानी ट्रष्ट अमेरिका स्थापना गरेको छ । 
 
वासिंटन डीसी क्षेत्रमा आयोजित कार्यक्रममा हिमानी ट्रष्ट अध्यक्ष तथा पुर्व युराज्ञी हिमानी शाहको उपस्थितिमा उक्त संस्था स्थापना गरिएको हो । 
पुर्व युराज्ञी हिमानी व्यक्तिगत भ्रमणको क्रममा अमेरिका अमेरिकामा छन् । अरु दुई साता अमेरिका बस्ने उनको कार्यक्रम छ । यस विचमा हिमानीको उपस्थितिमा ट्रष्टमा सकृय बाल्टिमोर, न्यूयोर्कमा अन्तकृया भेटघाट गर्ने कार्यक्रम राखिएको छ । 
 
हिमानी ट्रष्ट अमेरिकालाई अमेरिकी कानुन अनुसार करमुक्त समाजिक संस्था ५०१ (सी) अन्तर्गत दर्ता गर्ने तयारी छ । 
 
नेपालमा केही बर्ष अघि स्थापना भएको हिमानी ट्रष्टले आपत विपत लगायत विभिन्न सन्दर्भमा नागरिकलाई सहयोग गर्दै आएको छ ।  यसका लागि अमेरिकामा बस्ने नेपालीले पनि सहयोग दिदैं आएका छन् । ट्रष्टको कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाहको पनि उपस्थिति हुने गरेको छ । 
हिमानी ट्रष्ट अमेरिका उद्घाटन समारोहमा ट्रष्टले विगतमा गरेका काममा वारेमा छलफल भएको सहभागीले वताए । कार्यक्रममा क्यालिफोर्नियावाट सहभागी अनिल पाण्डेका अनुसार उद्घाटन कार्यक्रममा विगतमा ट्रष्टले गर्दै आएका सामाजिक सेवा र यसलाई अझ कसरी बृहत रुपमा अगाडी लैजान सकिन्छ भन्ने वारेमा छलफल भयो । हिमानी ट्रष्टमा अमेरिकामा विभिन्न ६ राज्यमा समितिहरु छन् । उक्त समितिमा संलग्नहरुले आफ्नो व्यक्तिगत अनुभव कार्यक्रममा राखेका थिए । कार्यक्रममा सहभागी हुन विभिन्न राज्यवाट पनि नेपाली पुगेका थिए । उद्घाटनमा स्थानिय नेपाली समुदायको पनि सहभागिता थियो । 
यो कुनै राजनीति विषयको कार्यक्रम होइन त्यहां यस्ता विवादका कुरा पनि भएनन उठेनन्, विशुद्ध समाजसेवालाई अझ कसरी विस्तार गर्ने भन्ने विषयमा मात्र केन्द्रित थियो पाण्डेले भने तपाईहरुले यस कार्यक्रमलाई यही रुपमा मात्र वुझ्न म आग्रह गर्छु , हिमानी ट्रष्टको उद्देश्य पनि समाजसेवा मात्र हो । 
 
हिमानी ट्रष्ट अमेरिका वाहेक अन्य देशमा पनि विस्तार भएको छ । विभिन्न देशमा विस्तार भएको ट्रष्टलाई अझ वृहत वनाउन सकिने ट्रष्टका अमेरिका अध्यक्ष हरी शर्माले वताएका थिए । 
हिमानी  ट्रष्टको कामलाई मन पराएर विदेशमा वस्ने नेपालीले नियमित सहयोग पनि गर्दै आएका छन् । यो पनि ट्रष्टको वित्तिय स्रोत हो । 
 
हिमानी छोरालाई अमेरिका विश्वविद्यालयमा भर्ना गराउने क्रममा अमेरिका आएको वताईएको छ । बोष्टनको विश्वविद्यालयतमा छोरालाई पढ्ने क्रममा आवश्यक सहयोगको व्यवस्थापन सकेपछि हिमानी डीसी आएकी हुन् । बोष्टन विश्वमै चर्चित विश्वविद्यालय भएको शहर हो । तर, छोरालाई कुन विश्वविद्यालयमा भर्ना गरिएको हो सुरक्षाका कारण सार्वजनिक गरिएको छैन । 
 
हिमानी शाहको सम्मानमा वुधवार सांझ स्थानिय व्यवसायी लोक तिवारीले डिनर आयोजना गरेका छन् । फोटो सौजन्य: अनिल पाण्डे