मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाज टेक्ससमा पदवहाली (भिडियो सहित)

नेपाली समाज टेक्ससमा पदवहाली (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ निर्वाचित पदाधिकारीहरुले शनिबारदेखि पद वहाली गरेका छन् ।
 
गत डिसेम्बर अन्तिम साता भएको निर्वाचनबाट चुनिएका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टीमले शनिबारदेखि आफ्नो कार्यभार सम्हालेको छ । निर्वाचन समितिका प्रमुख डा. प्रेम अधिकारीले नयाँ पदाधिकारीहरुलाई शनिबार अपरान्ह अर्भिङ्गमा शपथ ग्रहण गराएका थिए ।
 
डिसेम्बर २६ मा भएको चुनावबाट एनएसटीको वरिष्ठ उपाध्यक्षमा विवेक कँडेल, उपाध्यक्षमा जनक भण्डारी, महासचिवमा सन्देश उप्रेती, सचिवमा हरिप्रसाद खनाल, कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुञ्जन भण्डारी, युवा सयोजकमा जेनीन पुरी निर्वाचित भएका थिए । 
 
त्यस्तै सदस्यहरुमा बलराम पौडेल, विजयराज भुसाल, सरोज सिग्देल, पुण्य पाण्डे, महेन्द्र पुनः, रबिन पाठक र शान्ता गिरी निर्वाचित भएका थिए । 
 
सन् २०२२/२३ को लागि यो कार्यसमिति चयन भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वाग्लेले आफूलाई निर्वाचित हुनका लागि सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै आउँदो दुई वर्षभित्र संस्थालाई प्रतिष्ठित र सहयोगी बनाउनका लागि आफू सकृय हुने प्रतिवद्धता व्यक्त गरे ।
 
कार्यक्रममा अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्त, टेक्सस राज्यकी सांसद टेरी मेजा लगायतले नयाँ टीमलाई बधाई र शूभकामना प्रदान गरेका थिए ।
सोही अवसरमा अध्यक्षका उपविजेता कमल सापकोटाले आपूmले नयाँ टीमलाई सहयोग गर्न तत्पर रहेको घोषणा गरेका थिए । सापकोटाले नेपालको दुर्गन्धित राजनीतिलाई नेपाली समाजमा नभित्राउन सबैसँग अपिल गर्दै ५० हजार डलरको आकस्मिक सहायता कोष स्थापना गर्न, नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको परिक्षा दिन पाउने व्यबस्था गर्नका लागि समाजले तत्परता लिन आग्रह गरे । उनले नेपाली मन्दिर र नेपाली समाजबीच विगत चार वर्ष देखि देखिएको तिक्तता निमिट्यान्न पारेर सहयात्रा गर्न समेत आव्हान गरेका थिए ।
 
कार्यक्रममा सदस्यता समितिका संयोजक विजयराज भट्टराई, निर्वाचन समितिका डा. नन्द रेग्मी, महेश नेपाल, स्वयमसेवकका तर्फबाट कृष्ण कुसुम, डा. निर्मला अधिकारी, मिलन पौडेल लगायतले अनुभव प्रस्तुत गरेका थिए । समाजका निवर्तमान अध्यक्ष दिनेश शर्माले आफूले विगत दुई वर्षमा गरेका कामहरु र नयाँ समितिले दिनुपर्ने प्राथमिकताका बारेमा चर्चा गरेका थिए ।
कोरोना प्रकोपका बीचमा पनि समाजको पदस्थापन तथा शपथग्रहण कार्यक्रममा ठूलो संख्यामा सहभागिता थियो । सन् १९९६ मा स्थापना भएको नेपाली समाज टेक्ससमा हाल झण्डै चारहजार सदस्य छन् । 
 
सहभागीहरुले महामारीको समयमा कार्यक्रम चुस्त नभएको, लामो र पट्यारलाग्दो भएको टिप्पणी गरेका थिए । कार्यक्रमका बीचमा बोल्नका लागि समय मागेर समाजकी सदस्य प्रमिला केसीले आफूलाई उम्मेदवार हुन रोकेर पदाधिकारीमा मनोनित गर्ने आश्वासन दिएर अहिले धोका दिएको गुनासो गरेकी थिइन् । उनको प्रस्तुतीले माहौल केहीबेर तातेको भएपनि पछि थामथुम पारियो । 

नेपाली समाज टेक्ससको नयाँ टीमले नेपाली मन्दिरसँग सहकार्य गरेर अघि बढ्ने संकेत देखाएको छ । फलस्वरुपः युलेसमा निर्माणाधिन मन्दिर सहितको सामुदायिक केन्द्रका लागि मासिक एकहजार ५ सय डलर युटिलिटी (बिजुली, ग्याँस, पानी) का लागि सहयोग गर्ने सहमति भएको छ । गत सातानै यो विषयमा सम्झौता भैसकेको छ ।

पराजितलाई पनि सम्मान र खादाः

यसैबीच नेपाली समाज टेक्ससको गत चुनावमा उम्मेदवार भएर पराजित भएकाहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको छ । अध्यक्षमा उपविजेता भएका कमल सापकोटा लगायत कार्यक्रममा उपस्थित सबैलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

नेपाली समाज टेक्ससमा निरन्तर सकृयता र चुनाव जस्तो प्रजातान्त्रिक प्रकृयामा सहभागी भएर गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।