मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली मन्दिरको साधारण सभा सम्पन्न

नेपाली मन्दिरको साधारण सभा सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को आइतबार सम्पन्न साधारण सभाले आउँदो दुई वर्षभित्र युलेसमा भव्य मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य सहितको आय–व्ययको विवरण पारित गरेको छ ।
 
सुरेशचन्द्र पोखरेल

केन्द्रले यही मार्च पहिलो साताभित्र अर्भिङमा रहेको मन्दिर युलेस सार्ने योजना सहितको बिभिन्न प्रस्तावहरु पारित गरेको छ । केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलको अध्यक्षतमा बसेको साधारण सभाले कार्यसमितिको संख्या थप गर्नुका साथै संस्थापक सदस्य बन्न पाउने अवधि आउँदो दुई वर्षका लागि थप समेत गरेको छ ।

 
संस्थापक सदस्य बन्न पाउने अवधि गत डिसेम्बर अन्तिममा समाप्त भएको थियो । नयाँ मन्दिरको निर्माण चरणमा प्रवेश गरेको र अझै बढी सहयोगको आवश्यकता रहेकोले संस्थापक सदस्य हुन पाउने म्याद थप गर्ने प्रस्तावलाई साधारण सभामा उपस्थित सदस्यहरुले एकमतले पारित भएको थियो । 
 
तर अब बन्ने नयाँ संस्थापक सदस्यहरुको लागि शुल्क भने पाँचसय डलर थप भएको छ । गत डिसेम्बरसम्म तीनहजार डलर तिरेर संस्थापक सदस्य हुन पाउने प्रावधान रहेकोमा विधानले त्यसमा परिमार्जन गरेर तीनहजार पाँचसय डलर लिने निर्णय गरेको हो । 
 
त्यस्तै विधानमा कार्यसमितिको सदस्य सख्या १५ बाट बढाएर १७ पु¥याइएको छ । निवर्तमान अध्यक्ष एकजना र १८ देखि ३० वर्ष उमेर समूहका ‘युथ काउन्सिल मेम्बर’ मध्यबाट एकजना कार्यसमिति सदस्यमा चयन हुनेछन् । युवाहरुलाई समेट्नका लागि ५ सय डलरमात्र शुल्क राखिएको छ । तर मताधिकारका लागि भने एकहजार पाँचसय डलर तिरेर सदस्य बनेको हुनुपर्नेछ । 
 
मन्दिरको बोर्ड अफ ट्रष्टीको सदस्य हुनका लागि भने एकलले ११ हजार र दम्पत्तिका लागि १५ हजार तिर्नुपर्ने प्रावधानमा कुनै परिवर्तन गरिएको छैन । ५० हजार डलरभन्दा बढी सहयोग गर्नेलाई मन्दिरले प्याट्रोन (संरक्षक) बनाउने नीति लिएको छ । त्यस अनुसार अहिलेसम्म ११ दम्पत्ति संरक्षक भैसकेका छन् । 
 
डिसेम्बर अन्तिमसम्म संरक्षक ११ दम्पत्ति, संस्थागत ट्रष्टी तर्फ दुई (नेपाली समाज टेक्सस र यति ग्रुप), व्यक्तिगत र दम्पत्ति बोर्ड अफ ट्रष्टी २४८, संस्थापक सदस्य ९५४ र आजीवन सदस्य ६२ जना बनिसकेका छन् । 
 
टेक्ससको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा सहितको मन्दिर बनाउने योजना केन्द्रले बनाएको छ । त्यस अन्तरगत पहिलो चरणमा खरिद गरिएको खाली भवनमा आवश्यक मर्मत सुधार गरेर अर्भिङबाट मन्दिर सार्ने योजना सुरु भैसकेको छ । अर्भिङको मन्दिर रहेको भवन १४ लाख ८६ हजार डलरमा बिक्री भैसकेको छ ।

 

युलेसमा झण्डै ५५ लाख डलरको लागतमा नयाँ मन्दिर तयार गर्ने योजनामा केन्द्र रहेको छ । नयाँ मन्दिर निर्माणका लागि ड्यालस–फोर्टवर्थमा रहेका हरेक नेपाली समुदायबाट सहयोगको अपेक्षा सहित ‘एक घर एक संस्थापक सदस्य’ अभियानमा केन्द्र सकृय भएर लागेको छ ।